पर्वतको जलजला गाउँपालिका ९ बनौका एक युवा ठूलो परिमाणको लागु औषध सहित पर्वत सदरमुकाम कुश्माबजारबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष सुचनाका आधारमा ७८ एम्पुल लागु औषध सहित २४ बर्षिय विश्व गर्बुजा मगरलाई विहिबार नियन्त्रणमा लिएको हो ।प्रहरीले पर्वत सदरमुकाम कुश्माबजारको पाङराङ होटलमा संकास्पद अवस्थामा डेरा लिई बसेको अवस्थामा गर्बुजालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गर्वुजा मगरलाई २६ एम्पुल नोफिन, २६ एम्पुल डाइजेपाम र २६ एम्पुल फेनेरेगन सहित डेराबाटै पक्राउ गरेको हो ।
रायमाझीका अनुसार नीजका साथबाट उक्त लागु औषधजन्य पदार्थ सहित नगद ७ हजार ९ सय बरामद गरी शुक्रबार पर्वत जिल्ला अदालतबाट अबैध लागुऔषध ओसारपसार ऐन अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप गरिएको छ । गर्बुजा प्रहरी हिरासतमा नै छन् ।

Related