• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडा अध्यक्षमाथी हातपात गर्ने विरुद्ध सार्वजनिक मुद्धा

  •    शुभेच्छा न्यूज संवाददाता  /१३ श्रावण २०७६, सोमबार १५:३१ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिका वडा नं.२१ का वडा अध्यक्ष खगराज आचार्य माथी हातपात गर्ने विरुद्ध प्रहरीले सार्वजनिक मुद्धा दर्ता गराएको छ ।

    आइतवार साँझ पोखराको राष्ट्रबैङ्कचोकमा जुस खाईरहेको बेला ‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी’ सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाअध्यक्षमाथि हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी कोमल शाहका अनुसार वडाअध्यक्ष खगराज माथी हापात गर्ने दाताराम बिरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी आज (सोमबार) सार्वजनिक मुद्धा चलाइएको छ ।

    ब्यक्तिगत रिसीवीका कारण दाताराम आचार्यले आइतबार पोखराको राष्ट्रबैंक चोकमा हातपात गरेपछि वडा अध्यक्ष आचार्यले वडाप्रहरी कार्यलय बैदाममा उजुरी दिएका थिए । पटक–पटक आफुमाथी दातारामले अनावस्यक दबाब दिदै गालीगलौज गर्दै आएको अध्यक्ष आचार्यले बताए ।

    ‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर दातारामले रिसीबी पालेका रहेछन,’ उनले भने, ‘मैले खानेपानी आयोजनाको लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिएँ । तर, दातारामले मानेका थिएनन् । यहि विषयलाई लिएर उनले मलाई हातपात गरे ।’

    वडा अध्यक्षले खानेपानी आयोजनाको अनुगमन समिति बनाउनुपर्ने बताएपनि योजनाको अध्यक्ष रहेका दातारामले बनाउन मानेका थिएनन् । त्यसै बिषयलाई लिएर वडाअध्यक्ष र दातारामबीच चुलीएको बिवादले उग्ररुपलिए पछि हातहाल्ने अवस्थामा पुगेको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.