• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

  •      /१३ श्रावण २०७६, सोमबार १२:२५ ,  प्रकाशीत
  • राष्ट्रिय परीक्षा बोर्डले गएको बैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको छ ।  बोर्डका अनुसार यसपटक १२ कक्षाको परीक्षामा सबैभन्दा माथिल्लो स्तरको जीपीए (३.६१ देखि ४.०० जीपीए) प्राप्त गर्ने विद्यार्थी संख्या  ३ हजार ६७ छ ।

    त्यस्तै ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थी १६ हजार २०४ जना छन् । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षामा सहभागी नियमित तर्फका २ लाख ९२ हजार १५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् ।

    बोर्डका अनुसार ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५६ हजार ५०३ छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या भने ८६ हजार २२७ छ । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६१९ जना छन् ।

    त्यस्तै १.२१ देखि १.१६० प्राप्त गर्ने विद्यार्थीको संख्या १९ हजार छ भने ०.८१ देखि १.२० ल्याउने विद्यार्थी ३ हजार ५२४ जना छन् । सबैभन्दा कम स्तरको ०.०० देखि ०.८० ल्याउने विद्यार्थीको संख्या भने १३ हजार ३६२ छ ।

    परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल ४ लाख २८ हजार ६७ विद्यार्थी सहभागी थिए । बोर्डले गतवर्षदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो ।

    यसरी हेर्न सकिन्छ नतिजा 

    कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    नतिजा सार्वजनिक भैसकेपछि  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

    यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.