• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडाध्यक्ष आचार्य आफ्नै कार्यकर्ताबाट कुटीए

  •    शुभेच्छा न्यूज संवाददाता  /१३ श्रावण २०७६, सोमबार ०४:५० ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष खगराज आचार्य आफ्नै पार्टीका कार्यकर्ताबाट कुटीएका छन्।

    आइतवार साँझ पोखराको राष्ट्रबैङ्कचोकमा रहेको जुस खाईरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

    खानेपानी आयोजनामा भएको सामान्य बिवादको कारण दातारामले आफुमाथी हातपात गरेको वडा अध्यक्ष खगराज आचार्यले बताए। ‘राष्ट्रबैंक चोकमा जुस खाइरहेको थिएँ’ वडा अध्यक्ष आचार्यले भने, ‘एक्कासी पछाडीबाट आएर गर्धनमा हान्यो । वरपर भएकाहरुले मलाई बचाए ।’

    उनका अनुसा ३३ करोडको लागतमा निर्मलपोखरीमा १८ सय घरधुरीलाई पुग्ने गरी खानेपानी आयोजना संचालन गरिएको छ ।दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण वडाअध्यक्ष र दातारामबीच झगडा परेको बताए। ‘उनीहरु बीचको आन्तरिक झगडा हो, केही कुरामा असहमति हुदा झगडा भएको हो’ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.