• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका सांसदलाई किन लगाउन पर्यो सुन चाँदीको लोगो ?

  •      /१५ श्रावण २०७६, बुधबार १५:०९ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशसभाका सदस्यहरुले अब, छातीमा सुनजडीत लकेट (लोगो) भिर्ने भएका छन्। चीनको सांघाईमा बनेको सुन र चाँदीजडित लोगो यही साउनको पहिलो हप्तामै प्रदेशसभा आइपुगेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए ।

    चीनमा बनेर आएको नयाँ लोगो चाँदी र सुनले बनेको छ । पहिलेको लोगो प्लास्टिकको थियो । प्लास्टिकको लोगो बनेको वर्ष दिन नपुग्दै खुइलिन थालेपछि सुनरचाँदी जडित लोगो बनाइएको हो।

    यसअघि सभामुख नेतृत्वको लोगो तथा पोशाक सिफारिस समितिले गत वर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो ।चीनमा बनेको उक्त लोगो प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ परेको उनले जानकारी दिए । अहिले भइरहेको लोगो नेपालमै करिब २ सय रुपैयाँमा बनेको उनले सुनाए । नयाँ लोगोमा रहेको दुवैतर्फको धानको बालामा सुनको लेपन लगाइएको उनले बताए ।

    गत जेठ २० गते तेस्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर सुन चाँदीजडित लोगो ल्याइएको उनले जानकारी दिए । ‘यो नेपालमा नबन्ने रहेछ,’ उनले भने, ‘चीनबाट बनेर आएको हो । ७५ लोगो ल्याइएको छ ।’

    कुनै सांसदले उक्त लोगो हराएमा प्रदेशसभामा किन्न पाउनेछन् । त्यसरी लोगो किन्दा ६ हजार ५ सय रुपैयाँ परेकोलाई प्रदेशसभा सदस्यले भने ३ हजारमा पाउने छन् । सुन जडित लोगो प्रदेशसभामा सहभागी हुन आउने सांसदलाई प्रदेशसभा सचिवालयले उपलब्ध गराइरहेको छ ।

    नयाँ लोगो सदस्यहरूले लिइसकेको गण्डकी प्रदेशसभाका सांसद इन्द्रढाडु विष्टले जानकारी दिए । ‘प्रदेशसभा बैठकमा आउने माननीयज्यूहरूले लोगो लगाइ पनि सकेका छौँ,’ उनले भने, ‘पहिले बनेको लोगो खुइलिने, देख्दा नराम्रो भयो भन्ने सबैको मत भयो अनि कार्यव्यवस्था परामर्श समितिले छलफल गरेर नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.