प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । नवनियुक्त पर्यटनमन्त्री भट्टराईको अहिले ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकाेप्टर दुर्घटनामा परी गत १५ फागुनमा निधन भएपछि पर्यटनमन्त्रीको पद खाली थियो ।
सत्तारूढ नेकपाका प्रभावशाली नेता भट्टराई संघीय प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित भएका हुन् । यसअघि केपी ओली नेतृत्वमा सरकार गठन गर्दा नै उनलाइ मन्त्री बनाउने अनुमान गरिएको थियो । निर्वाचन प्रचारका क्रममा ताप्लेजुङका जनतालाइ केपी शर्मा ओलीले भनेका थिए, ‘योगेश जीलाइ तपाइहरू चुनाव जिताएर पठाउनुस्,मन्त्री बनाउने जिम्मा मेरो ।’

Related