पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७५÷०७६ मा करिब साढे ४ करोड राजश्व सङ्कलन गरेको छ ।
वैशाख महिनादेखि गत असार मसान्तसम्म ४ करोड ४७ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरिक्षक जितजंग काकीले जानकारी दिए ।
नियम विपरित चलाइएका ६४ हजार २ सय सवारीबाट राजस्व संकलन गरिएको हो । आर्थिक वर्ष २०७४। ०७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो । गतबर्षको तुलनामा कार्यलयले यस आर्थिक बर्षमा ८१ लाख, ८६ हजार बढी राजश्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने सवारीलाई कारबाही गरी राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा ट्राफिक नियमको पालना नगरेका कुल २ हजार ९ सय ६५ सवारी साधनहरूमाथि ह्विल तथा चेन लक समेत गरिएको थियो। बढ्दो सवारी चापसंगै पोखरामा सवारी पार्कीङको समस्या बढ्दै गएको छ ।
लामो समयदेखि जनप्रतिनिधि बिहिन पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कार्यभार समालेको २ बर्ष बितेपनि पार्किङलाई ब्यवस्थि गर्ने तर्फ आवस्यक पहल हुन सकेको छैन ।
सडकमै यत्रतत्र सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । सडकमा पार्किङ गर्नुपर्ने बाध्यतालाई केही चालकहरुले शक्ति र पहुचको आडमा मनलाग्दो गरी जथाभावी पार्किङ गरेको आरोपमा ट्राफिक प्रहरीले झण्डै तीन हजार सवारीमा ह्विल तथा चेन लक लगाएको छ ।
ह्विल तथा चेन लक गरिएका साधनमा मोटरसाइकल धेरै रहेका छन्। पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नु पर्ने बाध्यता रहेको छ ।

Related