• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका कर्मचारीले घुम्‍नका लागि २५ हजार पाउने

  •      /१८ श्रावण २०७६, शनिबार ०९:४८ ,  प्रकाशीत
  • जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ।

    वर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा जवाफ दिने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले यस्तो जानकारी दिएका हुन्।

    नेपालभित्रका जुनसुकै ठाउँमा भ्रमण गरेपनि त्यसको फोटो र भ्रमण प्रतिवेदन बुझाए प्रत्येक कर्मचारीले २५ हजार रुपैयाँ पाउने उनको भनाई छ। ‘कार्यालयमा काम गर्दा हाई काढेर बस्ने अवस्था छ। उनीहरूलाई रिफ्रेसमेण्टका लागि भ्रमणको व्यवस्था गरेका छौं,’ उनले भने, ‘सबै कर्मचारीले भ्रमणको लागि पैसा पाउँछन्।’

    ‘खर्च हेरेर २५ हजारसम्म दिने हो। हरेकले २५ हजार खर्च गर्न पाउँछन् तर खर्च हुनुपर्छ। एकदिन घुमेर २५ हजार पाउने होइन। विल भरपाई हेरेर भुक्तानी हुन्छ,’ उनले भने, ‘२५ हजारभन्दा बढी खर्च भए सरकारले ब्यहोर्दैन।’

    गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारीको दरवन्दी छ। सबै कर्मचारीलाई २५ हजारका दरले उपलब्ध गराए ५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ। तर सरकार कर्मचारीलाई घुम्नका लागि ९० लाख रुपैयाँ मात्रै बजेट ब्यवस्था गरेको छ। मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने गरी आन्तरिक पर्यटन बर्षलाई टेवा दिन कर्मचारी भ्रमणको ब्यवस्था गरिएको हो।

    केही समयअघि वडा सदस्यदेखि मुख्यमन्त्री सम्मको सुविधा बढाएर गण्डकी सरकार आलोचित बनेको थियो। पर्यटन मन्त्री विकास लम्सालले नै इन्जोय जोन र फेवातालमा कफी सप खोलेर १ सय डलरमा कफी बेच्ने विवादित बिषय बोलेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.