पोखरा महानगरको छात्रवृत्ति वितरण प्रति काँग्रेसका वडा अध्यक्षहरुको असहमति
/१८ श्रावण २०७६, शनिबार १४:११ , प्रकाशीत
पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् ।
दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानरगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनौट निर्देशिका विपरित छात्रवृत्ति वितरण प्रक्रिया एकलौटी, मनोमानी, नातावाद कृपावादबाट वितरण गरिएको भन्दै विरोध गरिएको छ ।
काँग्रेसको तर्फबाट वडा नं. २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए । ‘शिक्षा नियमावली २०७४ को महानगर शिक्षा समितिले छात्रवृत्ति निर्धारण समिति मार्फत वडा शिक्षा समितिसंग समन्वय गरी लै·िक समावेशिताको आधारमा गरिव विपन्न सिमान्तकृत, पिछडिएको वर्ग,जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ’ सचेतक लामिछानेद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,/
तर यी प्रावधानलाई मिचेर महानगर शिक्षा समितिले वेवास्ता गरी एकलौटी ढंगले विपन्न, सिमान्तकृत, पिछडिएको वर्ग लक्षित समुदायका वर्गलाई उपेक्षागरी आफ्नालाई मात्रै प्रथामिकतामा राखि वितरण गरिएको छात्रवृत्ति प्रति हाम्रो पूर्ण असहमत रहेको छ ।’
‘संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५ मा नगर शिक्षा समितिका संयोजक नै छात्रवृत्ति छनौट समिति संयोजक रहने प्रावधान हुदाँहदै हामीसँग कुनै सल्लाह नगरि एकलौटी ढंगले समिति वनाइएको छ त्यो नै गलत छ’ सचेतक लामिछानेले भने,/
नियतवस वहुमतको मिचाई गरी छात्रवृत्ति वितरणको विरोध गर्दै तत्काल आवश्यक छानविन गरि यसलाई सच्याउनका लागि विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।

Related