पोखरा १८, साउन । सहारा क्लबले सञ्चालन गरेकाे १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ ।
गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको सो प्रतियोगिताबाट उक्त रकम बचत भएको शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा सहारा क्लब पोखराले जनाएको हो ।
बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम हो । अघिल्लो बर्ष १६ औं आहा रारा गोल्ड कपमा कूल २३ लाख ७६ हजार ९७ रुपैंया बचत भएको थियो । आय व्यय प्रस्तुत गर्दै क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए ।
प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको क्लवले जनाएको छ । गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैया आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।
यस बर्ष पोखरा रंगशालामा बिना प्यारापिट प्रतियोगिता संचालन भएको हुदा कम दर्शक भित्रिदा आम्दानी निकै कम भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा आहा राराको बचत रकमले खर्च गर्दै आएको क्लवले यस बर्ष बाट भने सहारा एकेडेमी अक्षयकोषको रकम प्रयोग गर्ने भएको छ ।
उक्त कोषमा हालसम्म करिब एक करोड २० लाख भन्दा बढी रकम संकलन भएको उनले जनाए । उक्त रकमबाट संकलन भएको व्याजको पैसा एकेडेमीमा खर्चिने क्लवले जनाएको छ ।

Related