ओली सरकार हिटलर पथमा अगाडी बढीरहेको छ ; काँग्रेस सभापति देउवा
/२१ श्रावण २०७६, मंगलवार १०:५४ , प्रकाशीत
पोखरा । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार जर्मनीका तत्कालीन चान्सलर एडोल्फ हिटलरको शैलीमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा आयोजित ‘दयाशंकर स्मृति पत्रकारीता पुरस्कार आर्पण समारोह’लाई सम्बोधन गर्दै सभापति देउवाले जसरी तत्कालीन जर्मनी शासक हिटलरले प्रजातान्त्रिकपद्धति अनुसार निर्वाचितभई संसद कब्जागरी निरंकुश बनेका थिए त्यसरी नै प्रधानमन्त्री ओली संसद कब्जागरी निरंकुश बन्न खोज्दै छन् ।
प्रजातन्त्र स्थापनको लागि लामो लाडाइ लडेको नेपाली प्रेसको अधिकारालाई कुन्ठीत गरी मुलुकमा कम्युनिष्ट तानशाही लाद्ने गरी ओली सरकार हिटलस शैलीमा अगाडी बढेको आरोप लगाएका हुन्। ‘प्रजातन्त्र र लोकतन्त्रको लागि महत्वपूर्ण भुमिका निर्बाह गरेको प्रेसलाई निरुस्साहित गर्न ओली सरकारले प्रेसबिरोधि कानुन ल्याएर नियन्त्रण गर्न खोजेको छ’ उनले भने । ‘प्रेसलाई नियन्त्रण गरेर हिटलर शैलीको शासन गर्ने ओली सरकारको सपना काँग्रेसले कुनै पनि हालतमा पूरा हुन दिने छैन ।’
सभापति देउवाले सरकारले संसदमा पेश गर्न लागेको प्रेस बिरोधी कानुनलाई कुनै पनि हालतमा पास हुन नदिने दाबी गरे । ‘हामीले कुनै कुर्सी र टेवल नभाँची संसदबाटै प्रेस बिरोधि कानूनलाई फिर्ता लिन बाध्य पार्ने छौं’ उनले भने ।
निरङकुश प्रधानमन्त्री केपी ओलीले चाल्ने प्रजातन्त्र बिरोधी कदमका बिरुद्व नेपाली काँगेसले सदन र सडक तताउछौ, देउवाले भने– काँगेसको बिरोध सदनमा कुर्ची तोडफोड र सडक बन्द हैन शान्तिपूर्ण बिरोध हुने छ,जसका कारण आम नागरिकलाई काँग्रेसले आफ्नो पक्षमा ल्याउन सक्ने छ । केपी नेतृत्वको सरकारले चाल्ने प्रजातन्त्र बिरोधी कार्यको डटेर बिरोध गछौ, डेढ वर्ष हे¥यौ अब चुप लागेर बस्दैनौ, उनले भने ।
स्वतन्त्र प्रेसलाई नै अंकुश लगाउनेगरी ल्याइएको प्रेस काउन्सिल विधेयकलाई नेपाली काँग्रेसले कुनै पनि हातलमा संसदबाट पास हुन दिने छैन, त्यो विधेयकको विरुद्धमा काँग्रेस डटेर लड्छ देउवाले भने ।
त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्ने कार्य अगाडि वढेको र श्रावण महिनादेखि ठूला मिडिया हाउसले श्रमजीवी पत्रकारको पारिश्रमिक बैंक मार्फत दिने भएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पुरस्कृत व्यत्तित्व रवीन्द्र बास्तोला, अग्रज पत्रकार नारायण कार्की, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्ना भनाई राखेका थिए ।
पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ ।

Related