नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लमजुङ सेक्रेटरी बिनोद सोनाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । प्रहरी हिरासदबाट रिहा भएपछि सेक्रेटरी बिनोद नेकपामा प्रवेश गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी कार्यालय रहेको मदन आश्रित भवनमा आयोजित कार्यक्रममा ‘चन्द’ नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा सेक्रेटरी बिनोदले गर्नुभएको थियो ।
‘विप्लव’ नेतृत्वको छापामार शैलीको प्रबृत्ति र सम्झौताको राजनीतिले नेपाली जनतालाई धोका हुने देखेपछि पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा आएको उहाँले बताउनुभयो । पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद अधिकारीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
फेदीखोला गाउँपालिका वडा नं. १ स्याङ्जा घर भएका सेक्रेटरी बिनोदलाई गत असार ९ गते पोखराबाट पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको थियो । धरौटीमा रिहा भएपछि राज्यद्रोहको मुद्दामा साउन ८ गते लमजुङ प्रहरीले हिरासतमा राखेको थियो ।
पार्टी प्रवेश गरेका सेक्रटरी बिनोद २०५९ सालमा तत्कालीन माओवादीमा लागेका थिए ।

Related