स्थानीय तहले जिम्मेवारी बाडफाडमा ध्यान दिनुपर्छ‐ मुख्यमन्त्री गुरुङ
/२५ श्रावण २०७६, शनिबार १२:४८ , प्रकाशीत
पोखरा,२५ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका प्रमुखहरुले जिम्मेवारी बाडफाडमा ध्यान दिनुपर्ने बताएका छन । स्थानीय तह संघ सरकार र प्रदेश सरकार जस्तै एउटा सरकार भएकोले नगर कार्यपालिका र गाउ कार्यपालिकामा जिम्मेवार वाडफाड हुनुपर्ने उनको भनाई छ ।
जर्ज जोन शिक्षा प्रतिष्ठान पोखराको २३ औ बार्षिकात्सव समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले कार्यपालिकामा मोनोनित भएर आउने पछाडि पारिएको समुदाय र महिलालाई असक्षम भन्दै जिम्मेवारी नदिने प्रवृत्ति देखिएको बताए । उनले नगरपालिका र गाउपालिकामा शिक्षा, स्वास्थ्य लगायत विभिन्न शाखा खोलेर कार्यपालिका सदस्यलाई जिम्मेवारी दिन सकिने भन्दै यसतर्फ स्थानीय तहको ध्यान पुग्नुपर्ने बताए ।
यही परिदृश्यमा प्रदेशले कार्यपालिका सदस्यहरुको सुविधा वडा अध्यक्ष सरह हुने गरी बृद्धि गरेको बताउदै मुख्यमन्त्री गुरुङले अव जिम्मेवारी दिने काम नगरपालिका र गाउपालिकाको भएको बताए । स्थानीय तहका प्रमुखको जस्तै उपप्रमुखको जिम्मेवारी समेत करिब समान रहेकाले उपप्रमुखलाई कार्यसम्पादनमा सहज होस भनेर सवारी सधान पाउने ढोका प्रदेशले खोलिदिएको मुख्यमन्त्रीको भनाई थियो ।
‘योजना अनुगमन गर्ने, न्याय सम्पादन गर्ने र निति तथा कार्यक्रम गर्ने काम उपप्रमुखले गर्नुपर्छ’ उनले थपे ‘अब यी सवै काम गर्नलाई सुविधा लिन सक्छन भनेर प्रदेशले ढोका मात्र खोलिदिएको हो, दिने स्थानीय तहले नै हो ।
’ जनप्रतिले दोहोरो सुविधा लिन पाउने विषयमा केन्द्रले नै नजिर बसालेको उनको भनाई छ । महालेखा परिक्षक, अख्तिायार प्रमुखले दोहोरो लिने, अनि निर्वाचित जनप्रतिनिधिलाई दोहोरो सुविधा नलिउ भनेर कसरी भन्न मिल्छ ? मुख्यमन्त्रीको प्रश्न थियो ।
प्रदेशको कामलाई चुस्त बनाउने हेलो मुख्यमन्त्री, जनतासंग मुख्यमन्त्री र मुख्यमन्त्री वार रुम सञ्चालनमा ल्याइएको जानकारी गराउदै उनले त्यसमार्फत आफ्नो सल्लाह सुझाव प्रदेश सरकारमा राख्न आग्रह गरे ।

Related