कलंकी मालपोतका पूर्वकर्मचारीले भ्रष्टाचार मुद्दा लागेपछि सुसाइड नोट लेखेर आत्महत्या गरे
तपाईको प्रतिक्रिया





एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। त्रियुगा नगरपालिका-१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार आचार्यले झुण्डिएर आत्महत्या गरेका हुन।
‘हामी सुसाइड नोटको फोटो खिच्न दिदैनौं,’ उनले भने, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस, म ठुलो भ्रष्टाचारी होइन’, लेखिएको सुसाइड नोट फेला परेको छ।’ मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस् भनेर सुसाइड नोट लेखीएको छ,’ डिएसपी केसीले भने, ‘अलिअलि मानसिक सन्तुलन ठीक नभएको पाएका छौँ।’
आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए। झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका आइपुगेका थिए।
Related