• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •      /२८ श्रावण २०७६, मंगलवार ०३:२० ,  प्रकाशीत
  • ज्योतिषी हरि पन्त, पोखरा

    आजको पञ्चांग
    आज मिति २०७६ श्रावण २८ गते मंगलबार, इस्वीसंवत अगष्त १३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ ।

    सौरमान अनुसार आज श्रावणशुक्लपक्षको त्रयोदशी तिथि दिनमा १ बजेर ४३ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र राति ४ बजेर २६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा विशाखा, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा उत्पात रहनेछ ।

    सूर्य कर्कट राशिमा, चन्द्रमा आज धनु राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५२ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३३ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४२ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष : मेष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । शुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना पलाउन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ ।

    वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । प्रतिद्वन्द्वीहरू संग सतर्क रहने दिन हो । पछाडि बसेर चियोचर्चो गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ ।

    मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ ।

    कर्कट : कर्कट राशिका लागि आज पनि समय खराब छ । मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइ लेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेम सम्बन्धमा तिक्तता आउन पनि सक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

    सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । झिनामसिना र सानातिना कुरामा रुमल्लिएर आजको दिन व्यतीत हुनसक्छ । मिहिनेत गरेबमोजिमको जस नपाइए पनि हौसला घट्ने देखिँदैन् । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्ने छन् । बन्दव्यापारबाट पनि भनेजस्तै लाभ हुनेछ । पारिवारिक सम्बन्धमा सामान्य तनाव हुनसक्छ । मनमा दोधार भइरहने छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।

    कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना समेत छ सतर्क हुनुहोला ।

    तुला ः तुला राशि भएकाहरूका लागि आज समय समय छ । स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ ।

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गा जमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा÷रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ ।

    धनु : धनु राशिका लागि आज पनि समय अत्यन्तै शुभ छ । घरमा अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ ।

    मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो छैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ सतर्क हुनुहोला ।

    कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ छ । नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ ।

    मीन : मीन राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ ।

    साइत : आज चन्द्रमा धनु राशिमा रहेकाले पूर्व बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन ।
    आज मंगलबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज अन्य दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।

    आजको शुभ लाभादि बेला

    बिहान ५ः३३ बजेदेखि ७ः०३ बजेसम्म रोग बेला
    बिहान ७ः०३ बजेदेखि ८ः३३
    बिहान ८ः३३ बजेदेखि १०ः०३ बजेसम्म चर बेला
    बिहान १०ः०३ बजेदेखि ११ः३३ बजेसम्म लाभ बेला
    दिउँसो ११ः३३ बजेदेखि १ः०३ बजेसम्म अमृत बेला
    दिउँसो १ः०३ बजेदेखि २ः३३ बजेसम्म काल बेला
    दिउँसो २ः३३ बजेदेखि ४ः०३ बजेसम्म शुभ बेला
    दिउँसो ४ः०३ बजेदेखि ५ः३३ बजेसम्म रोग बेला

    यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.