• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की प्रहरी कार्यलय ; जुवाडेले भरियो हिरासत

  •      /२८ श्रावण २०७६, मंगलवार ०४:१६ ,  प्रकाशीत
  • कास्की प्रहरीले दुई दिन गरेको अप्रेसनमा ४० जना जुवाडे पक्राउ परेपछि हिरासत कक्ष भरिएको छ/ पोखराका विभिन्न ५ ठाउँमा साउन २५ र २६ गते जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले मारेको छापामा ठूलो परिणामको नगदसहित उनीहरु पक्राउ परेका हुन्।

    एकैपटकमा ठूलो संख्यामा पक्राउ परेका जुवाडेलाई राख्न थुनुवा कक्षको क्षमताले थेग्न नसकेको जिप्रका कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० गणेश सुवेदीले जानकारी दिए।

    हिरासत कक्षको क्षमताभन्दा बढी व्यक्ति पहिले नै थुनामा छन्। अधिकतम ५० जनालाई हिरासतमा राख्न मिल्ने क्षमता जिल्ला प्रहरी कार्यालयमा छ। तर कास्की प्रहरीको हिरासतमा ८७ मुद्दाका १ सय ५४ जना आरोपीलाई अटाइनअटाई थुनिएको छ।

    जुवातास सम्बन्धी गतिविधिमा पक्राउ परेकालाई सार्वजनिक मुद्दा चलाइने भएकाले पनि प्रहरीले २५ दिनसम्म हिरासतमै राखिने इन्स्पेक्टर सुवेदीले बताए। सार्वजनिक मुद्दामा म्याद थप गर्दै प्रहरीले हिरासतमा महिनादिनसम्म राख्नुपर्दा समस्या देखिएको हो।

    ‘दुई दिनमा नै धेरै मान्छे पक्राउ परे। हिरासत कक्ष सानो छ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘त्यस कारण जिल्लाबाट १८ जना जुवाडेलाई वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखेका हौँ।’

    सिसुवामा १०, बैदाममा सात, बगरमा ६ र रामबजारमा दुई जनालाई राखिएको उनले बताए। बैदामले समेत मुद्दा चलाउने अधिकार पाएकाले सात जनालाई वडाबाटै प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए।

    १८ जना भने जिल्लाको हिरासत कक्षमा नअटाएपछि म्याद थप गर्दै वडा कार्यालयको थुनामा राखिएको हो। यसअघि पक्राउ परेकासहित जिल्ला र बैदाममा समेत गरेर ५२ जना जुवाडे प्रहरी हिरासतमा छन्।

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई दिनमा पाँच ठाउँबाट ४० जुवाडे पक्राउ गरेको हो। उनीहरुबाट २ लाख ५८ हजार ३ सय २० रुपैयाँ नगदसमेत बरामद गरेको इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए।

    पोखरा ५ पर्स्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार कास्की प्रहरीले छापा मार्दा ८ जना पक्राउ परेका थिए । उनीहरुबाट १ लाख २१ हजार १ सय ४० रुपैयाँ र ४ बुक तास बरामद गरेको सुवेदीले बताए।

    शनिबार नै वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ नागढुंगास्थित नीरज होटलमा समेत छापा मारेको थियो। बालकृष्ण शर्माले सञ्चालन गरेको होटलको तेस्रो तलामा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन् । उनीहरुबाट ६२ हजार ८ सय ३५ रुपैयाँ र ४ बुक तास प्रहरीले बरामद गरेको छ।

    त्यस लगत्तै आइतबारसमेत अनुसन्धान तीव्र बनाएको कास्की प्रहरीले तीन ठाउँमा छापा मारेको थियो। पोखरा ३२ झैरीचोकस्थित स्थानीय रामराज पौडेलको गोठमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेको इन्स्पेक्टर सुवेदीले जानकारी दिए। उनीहरुबाट ३२ हजार ८ सय १५ रुपैयाँ र ४ बुक तास बरामद गरेको उनले बताए।

    पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परे। उनीहरुबाट २५ हजार २ सय रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।

    सोही दिन पोखरा १० रामघाटस्थित होटल पर्वतमा समेत प्रहरीले छापा मारेको थियो। विष्णु गुरुङको घरमा उर्मिला लामिछानेले सञ्चालन गरेको होटलबाट ६ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट ३६ हजार ३ सय ३० रुपैयाँ र ४ बुक तास बरामद गरिएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए। पक्राउ परेकामध्ये १२ जना महिला छन्।

    sorce deshsanchar.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.