जनप्रतिनिधिको आगमन संगै गुल्मीमा बिकास निर्माण र पुर्वाधार बिकासले गतिलिन थाल्यो
तपाईको प्रतिक्रिया





गुल्मी / स्थानिय तहकाे निर्वाचनकाे करिव ढाइ वर्ष पुरा भएकाे छ ।यि अवधिमा कसले के गरे त्याे जनता अगाडि छर्लङ्ग छ ।तर केहि ठाउँमा भने स्थानिय तहले राम्रेै काम मात्र छैन उदाहरणिय बनेकाे छ ।
गुल्मी जिल्लाकाे साविककाे थानपति गाउँ विकास समिती थाेर्गा र हालकाे रुरु गाउँपालिका अन्तर्गत वडा न ३ यतिवेला जन प्रतिनिधी ,कर्मचारी र स्थानिय जन सहभागिताकाे समन्वयले सामाजिक र भाैतिक विकासमा उदाहरणिय बनेकाे छ । लामाे समय शिक्षक पेशामा रहेका र गाउँमै लामाे समय राजनिती गरेका पाका वडाध्यक्ष शेषनारायण पाैडेलकाे नेतृत्वले वडालाइ उदाहरणिय मात्र हाेइन सवै क्षेत्रमा समानुपातिक विकास भएकाे छ ।
मुख्य रुपले वडाका झमादि ,अाेखल ढुँगा फेक्लदि पयग लाेलेगँ खाेला स्यालपाेखरी वसन्त पाेखरी लगायतका ठाउँ हरुमा सडक सन्जाल विस्तार गरि वडालाइ सडक पुर्वाधारले जाेडेकाे वडा सदस्य तिलक ज्ञवालीले बताए ।
गाउँलाइ पिउने पानीका लागि जाैखेलाका मुलबाट लिफ्टिँग प्रविधिकाे पानी रुरु गाउँ पालिकाकाे वडा न ३ र १ मा गरि करिव ३ सय घरमा वितरण गरिएकाे छ र अझै नपुग क्षेत्रमा पानीकाे पहुँच पुर्याउने लक्ष रहेकाे वडा सदस्य ज्ञवालीले बताए ।
मुख्यतया तानसेन रिडी तम्घास माेटरवाटाे गाउ देखि तल जँगलबाट गएकाे मा त्याे सडक सालविसाउना बाट गाउँ हुँदै पानी टँकीमा पक्की सडकमा मिसाएर सडककाे स्तराेन्नति गर्दै कालाेपत्रे गर्ने गरि याेजना अगाडी बढेकाे र याे सडकलाइ वडा न १ र ३ काे गाैरवकाे अायाेजनाकाे रुपमा लिइएकाे छ । गाउँमा कृषि पशुपालन का लागि विशेष कार्यक्रम उँखु खुदाे र गुणकाे पकेट क्षेत्रकाे रुपमा विकास गर्दै किसानका लागि विशेष अनुदानकाे व्यवस्था गरिएकाे छ /
यस वर्ष सयाैँ राेपनि सार्वजनिक जग्गामा टिमुर तथा सित्तल चिनीका विरुवा राेपेर अाय अार्जन सहितकाे वातावरण सँरक्षण अभियान रुरु गाउँपालिकाले शुरु गरेकाे छ । यस वडामा निजी विध्यालय नरहेकाे तर सवै विध्यालय हरुमा अँग्रेजी माध्यमकाे शिक्षा अनिवार्य गरिएकाेमा अागामी वर्षबाट विध्यार्थी सँख्या कम रहेका विध्यालय लाइ राष्ट्रिय माध्यमीक विध्यालय मा मर्जर गरि विध्यार्थी हरुलाइ सुविधा सम्पन्न स्कुल वसबाट लाने ल्याउने व्यवस्था गरिने वडा सदस्य तिलक ज्ञवालीले बताए ।
जनकेन्द्रित विकास निती र जनताले प्रत्यक्ष अनुभुति हुने खालका बिकास याेजना र सामाजिक कार्यक्रम वडाले प्राथमिकतामा राखेकाे वडा सचिव बालकृष्ण गाैतमले बताए ।
विगतमा प्रतिनिधी सभामा र हाल प्रदेश सभाका साँसद तथा विशेषाधिकर समितीला सभापति समेत रहेका कमलराज श्रेष्ठकाे वडा समेत रहेकाे र लामाे समय देखि गाउँमै कृषि फार्म र कुखुरा पालन गरेर उदाहरणिय काम गरेका उनकाे पद्चिन्हलाइ पछ्याउँदै यहाँ दर्जनाै किसानले कृषि फार्म र कुखुरा पालन व्यवसाय सन्चालन गरेर अाय अार्जन गरेका छन ।
वडाका जनतालाइ परेका समस्या प्रति सधै सचेत र घरघरमा पुगेर यहाँका जनप्रतिनीधी र कर्मचारीले सेवा प्रदान गरेर याे वडाका जनप्रतिनिधि र कर्मचारी उदाहरणिय मात्र बनेका छैनन कि वडा सन्वालन कसरि हुन्छ अन्य स्थानिय तह याहा अाउँदा हुम्छ ।
Related