पोखरामा ट्होटेको रौनक, गुरुङ जातिको पहिचान छुट्टै प्रकारको छः मन्त्रीलम्साल
तपाईको प्रतिक्रिया





पोखरा / मंगलबार पोखराका सडक गुरुङ समुदायका केटाकेटीदेखि बुढाबुढीसम्मले भरिए । जातीयपोसाक र बाजागाजासहित सडकमा उत्रिएकाउनीहरुले सडक छपक्कै छोपेका थिए ।ट्होंटे पर्वको अवसरमाहजारौंका संख्यामा त्यसरी सडकमा निस्किएकाउनीहरुको पोखरा महेन्द्रपुल, न्यूरोड हुँदै तमु धिंमानाच्दै गाउँदै पुगे ।
ट्होटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्ये प्रमुख मानिन्छ । यो वर्ष उभौली र उधौली गरी वर्षमा २ पटक मनाइन्छ । चैत र साउनको अन्तिममंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ ।
यसपटकको उधौली ट्होंटे पनिपोखरामाधुमधामले मनाइएको छ । टोल–टोलबाट झाँकीसहित गुरुङ समुदायनिस्किए । तमु धिं नेपालको आह्वानमा टोल–टोलबाट विभिन्न गुरुङ संगठनका ब्यानर, झाँकीसहित गुरुङ समुदायजातीयपोसाक तथाविभिन्नजनावरदेखि, भूत, प्रेतकाचित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगनलगाएर रंगीबिरंगीझाँकीपोखराका सडकमा निस्किए ।
गुरुङ समुदायकाविभिन्नहातहतियार, बाजाबजाउँदै झिलीमिलीपोशाकमाबालबालिका, किशोरकिशोरीदेखि बुढापाकासम्र्म यालीमा सहभागी बने । ‘राष्ट्रिय संस्कृतिबचाऔं, ट्होंटे पर्व मनाऔं’भन्ने नाराकासाथतमु धिं नेपालले पोखराको नयाँबजारमाआयोजना गरेको बृहतकार्यक्रमलाई सम्बोधनगर्दै गण्डकी प्रदेशकाउद्योग,पर्यटन,वन तथावातावरण मन्त्रीविकास लम्सालले ट्होटे पर्वले सवै नेपालीवीचवन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नततथा समृद्ध नेपालवनाउन सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।बहुभाषिक,बहुसांस्कृतिक देशका रुपमा परिचित नेपालको विविधताभित्रएकतानै मुख्यपहिचानतथाबिशेषताभएको बताए ।
करिब २ घण्टा पैदलयात्राको ¥यालीमा सहभागी समेत बनेका मन्त्रीलम्साललेअरु जातिको तुलनामा गुरुङजातिको पहिचान छुटै प्रकारको रहेको चर्चा गरे । गुरुङ जातीको संस्कृतिले समग्र नेपालको पहिचान समेत दिलाउन सफलभएको बताए ।
“रोधीँ घर, मारुनी नाच,घाटु नाच,सोरठी नाच,सालैजो,ठाडो भाकालगाएतका तमू लोक संस्कृतिहरुले समग्र नेपालको पर्यटनको छवि बढाएको छ,मन्त्री लम्सालले भने”बिभिन्नकिसिमका नेपालीकला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले बिदेशीहरुलाई समेत लोभ्याएको पाईन्छ ।
नेपालको सम्पूर्ण मौलिककला र संस्कृति संरक्षण गर्नु सबैको दायित्वभएको बताउदै आपmनोसंस्कृतिलाई अगाडि बढाउनका लागि सबैले आफ्नो ठाउँबाट कामगर्नुपर्ने उनको भनाई थियो । ‘हामी संस्कृतिमा धेरै नै धनी छौँ,ती सबै संस्कृतिहरूलाई प्रवद्र्धन गर्ने, र तीनै संस्कृतिको माध्यमबाट नेपालको आर्थीक समृद्धि कोर्न सकिने बताए ।
तमु धिं नेपालकीअध्यक्षकर्मा गुरुङको अध्यक्षतामाभएको कार्यक्रममाव्रो अफ कोवन लण्डन बेलाएतकाउपमेयर लक्षु गुरुङ, प्रमुखजिल्लाअधिकारी चक्र ब.बुढा,आदीवासी जनजातीकास्कीकाअध्यक्षधर्म गुरुङ, तमु धिं नेपालकाउपाध्यक्षहोम गुरुङ लगाएतले बोलेका थिए ।
ट्होंटेमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँडा, भालालगायतकाविशेष हतियार लिएर ढ्याङ्ग्रो, छेलीलगायतबाजाबजाई नाचगानगर्ने चलन छ ।
संस्कृतिकर्मी जगमान गुरुङका अनुसार ट्होटें दुई शब्दबाट बनेको हो । ट्हो को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ ।
दुश्मनहरुलाई आतंकितपार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमालिइँदै आएको छ । भूत, प्रेम, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको छ
Related