• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश सरकारले पोखरामा आइटी पार्क बनाउन सहयोग गर्ने

  •      /२९ श्रावण २०७६, बुधबार १४:४६ ,  प्रकाशीत
  • प्रदेशले सूचना प्रविधि (आइटी) पार्क निर्माणका लागि विज्ञ टोली र सरोकारवालासँग छलफल थालेको छ । आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आइटी पार्कको अवधारणा, पूर्वाधार, सञ्चालन र व्यवस्थापन, व्यावसायिक र कानुनी पक्ष तथा निजी क्षेत्रको अपेक्षा विषयमा बुधबार छलफल तथा अन्तरक्रिया गरेको हो ।

    सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष मनोहर भट्टराई, सूचना तथा सञ्चार प्रविधि परिषद सदस्य सुरेश रेग्मी, युएनडिपी क्षेत्रीय प्रमुख सुदीप अर्याल, विज्ञहरु विवेक राना, हेमपाल श्रेष्ठ र तथा पवन कृष्ण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको थिए । विज्ञहरुले गण्डकी प्रदेशले आइटी क्षेत्रको नीति र पार्क व्यवास्थापन कसले गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए ।

    यसले समेट्ने क्षेत्र, लगानीको सम्भावना र पु¥याउने सेवाको विषयमा स्पष्ट अबधारणासहित जान सकिए यसले प्रदेशको आर्थिक समुद्धिमा टेवा पु¥याउने बताएका थिए । अन्तरक्रियामा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटी पार्कका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले समपूरक अनुदानको रुपमा संघ सरकारबाट बजेट ल्याउन सकिने जानकारी गराउँदै अन्य विभिन्न विकल्प समेत सरकारसँग रहेको बताए । सूचना प्रविधिबारे कार्यदल बनाएर यसको कार्यविधिको तयारी गर्न प्रदेश सरकारले ढिला नगरिने समेत उनले प्रतिबद्धता जनाए ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले अन्तरक्रिया उठेको विषयलाई समेटी भदौ महिनाभित्र अर्को चरणमा छलफल चलाउने र पार्क निर्माणलाई अगाडि बढाइने बताए । यो आर्थिक वर्षमा प्रदेश सरकारले आइटी पार्कको विस्तृत सम्भाव्यता अध्ययन गर्न १ करोड रकम विनियोजन गरेको छ ।

    पोखरा महानगरपालिका– १८ मा बन्ने पार्कका लागि ९६ रोपनी जग्गा पोखरा महानगरपालिकाले भोगचलनको स्वीकृति दिइसकेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.