• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्छौं- प्रहरी

  •      /२९ श्रावण २०७६, बुधबार १५:३८ ,  प्रकाशीत
  • पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ ।

    पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कडेंल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

    त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ ।

    नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए ।

    न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

    किटानी जाहेरी आए पक्राउ गर्छौंः प्रहरी

    पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको भनाइ छ ।

    ‘हामीले भिडियोबारे घटना भएदेखि नै अनुसन्धान गरिरहेका छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने ।

    यो भिडियोसँगै अब न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

    sorce shilapatra.com

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.