• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका वडा कार्यालयमा श्रृङखलाबद्ध चोरी गर्ने थापा पक्राउ

  •      /२९ श्रावण २०७६, बुधबार ०८:१५ ,  प्रकाशीत
  • पोखरा । पोखराको वडा कार्यालयहरुमा श्रृङखलाबद्ध चोरी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ परेका छन् ।

    वितग एक बर्षदेखि श्रृङखलाबद्ध रुपमा पोखरा महानगरपालिकाका आधा दर्जन भन्दाबढी वडा कार्यलय चोरी गरेको आरोपमा प्रहरीले काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापालाई पक्राउ गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए । चोर पत्ता लगाउन नसक्दा हामीलाई लाज लाग्थ्यो,’ प्रमुख एसपी कार्कीले भने, ‘राजनीतिक, आर्थिक वा आपराधिक के हिसावले चोरी भएको छ भनेर गहन अध्ययन गर्न थाल्यौं ।सिसिटिभी फुटेजका आधारमा चोर पक्राउ परेको हो ।’

    एकबर्ष देखि एकपछि आर्को गर्दे पोखरा महानगरका वडाकार्यलयहरुको कम्प्युटर, पिन्टर र ल्यापटप लगायतका सामाग्रीहरु एउटै ब्याक्तीबाट चोरी भएको हुलीया पाएपछि लामो अनुसन्धान पश्चात प्रहरीले थापालाई पक्राउ गरेको हो ।

    साउन २६ गते पोखराको शहीदचोकबाट ५१ बर्षिय थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले पोखरामा चोरी भएका सामान काठमाण्डौ लगेर बेच्ने गरेको अनुसन्धानले देखाएको छ । उनले चोरी गर्दा प्रयोग गर्ने सामान सिसिटीभी क्यामेरामा देखिएको हुलिएका आधारमा पक्राउ गरिएको हो । थापाले लगाएको जुत्ता, टोपी, टिसर्ट, ज्याकेट र मास्कका आधारमा कोठामा खानतलासी गर्दा चोरीको प्रमाण भेटिएको थियो ।

    उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका गोपालीलाई चोरीको किनेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गोपालीले चोरीका सामान मात्र किनबेच गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुको साथबाट मनिटर १७ थान, सिपियू ९ थान, ल्यापटप ३ थान बरामद गरिएको छ । थापाले बिषेशगरी राती साढे ११ देखि साढे १२ बजेको समयमा चोरी गर्ने गरेको पाईएको छ । ‘अरु सुतेपछि रडले ढोका फोरेर सामान चोरी गर्ने र निर्माणाधीन घरहरुमा लगेर राख्ने गरेको देखियो,’ एसपी कार्कीले भने, ‘भोलिपल्ट जेब्रा झोलामा हालेर काठमाण्डौं लगी गोपालीको पसलमा दिने गरेको तथ्य फेला परेको छ ।’

    पछिल्लो समय गतहप्ताको वुधबार पोखरा महानगरको ३१ वडा कार्यालयमा राती चोरी भएको थियो । कार्यालयमा ढोका फोरेर कम्प्युटर, ल्यापवटप लगायतका समाग्री चोरी भएको थियो ।

    यसअघि पोखराका वडा नम्बर ५, १३, १४, १५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरी भइसकेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.