पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने भाडाका सवारी साधनमा १ भदौदेखि सुरु हुने ई–टिकेटिङ (विद्युतीय प्रणाली)को तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनका लागि ई–टिकेटिङ प्रणाली अन्तिम चरणमा पुगेपछि ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्डसमेत वितरण सुरु गरेको छ ।
पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि सिमपानीबाट आँखा अस्पतालको रुटमा सञ्चालन हुने १३ वटा बसमा परीक्षणका लागि ई–टिकेटिङ लागू गरिएको छ ।
महानगरले स्मार्ट सिटी बनाउने योजनाअनुसार पोखरा क्षेत्रका सार्वजनिक सवारी साधनहरुमा ई–टिकेटिङ सेवाको योजना अगाडि बढाएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले बताए । ‘महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार नै स्मार्ट कार्यमार्फत सार्वजनिक सवारीमा ई–टिकेटिङ सेवा सुरु गरेका हौं,’ उनले भने, ‘अरुभन्दा पहिले यातायात क्षेत्रलाई स्मार्ट बनाउछौं ।’
तत्कालका लागि नगद र कार्ड दुवै सिस्टमबाट पैसा लिने र कार्ड वितरणलाई बढाउँदै नगद कारोबार बन्द गर्ने उनको भनाइ छ । ‘ई–टिकेटिङ प्रणाली सुरु भएपछि यात्रु ठगिने गरेको गुनासोको अन्त्य हुनेछ,’ उनले भने, ‘खुद्रा पैसा बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । त्यस्तै, व्यवसायीलाई समेत व्यावसायिक चुहावट र खुद्रा पैसा बोक्नुपर्ने बाध्यता हट्नेछ ।’
पोखराका वडा कार्यालय, बस सञ्चालक समितिका कार्यालय, ओम डेभलपमेन्ट बैंकका शाखाबाट कार्ड खरिद गर्न सकिने व्यवस्था मिलाउने जीसीले जानकारी दिए । बैंकिङ व्यवस्थापनका लागि ओम डेभलपमेन्ट बैंकसँग समन्वय गरिएको छ । यात्रुले कार्ड लिँदा १ सय रुपैयाँ धरौटी राख्नुपर्छ ।
कार्ड लिएपछि बोनसस्वरुप सित्तैमा १ सय रुपैयाँ रिचार्ज हुन्छ । पछि त्यसलाई फिर्ता गर्दा धरौटी रकम फर्काइनेछ । परिचय खुल्ने कागजात र २ प्रति फोटो बुझाएर कार्ड लिन सकिन्छ ।
पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि आन्तरिक परीक्षणका लागि १३ वटा बसमा ई–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका गाडीमा मेसिन जडान गरेर कार्डमार्फत पैसा तिर्न मिल्ने बनाइएको छ । १ भदौमा भन्दा पहिले नै नगरमा चल्ने सबै बसमा ई–टिकेटिङ सिस्टम जडान भइसक्नेछ । साउन मसान्तसम्म परीक्षण गरेर भदौ लागेपछि पूर्ण रुपमा कार्ड सिस्टम लागू गर्ने तयारी छ ।
ओम डेभलपमेन्ट बैकले आवश्यक यात्रा स्मार्ट कार्ड वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको व्यवस्थापनको समेत काम जिम्मा लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वमोहन अधिकारीले बताए ।
पहिलो चरणमा स्कूल र कलेजका विद्यार्थीलाई स्मार्ट कार्ड
ओम डेभलपमेन्ट बैंकका सीईओ अधिकारीका अनुसार पहिलो चरणमा पोखराभित्रका स्कुल तथा कलेज अध्ययन गर्ने विद्यार्थीहरुका लागि स्मार्ट काडै वितरण सुरु गरिएको छ । बैंकले परीक्षणका रुपमा कार्ड वितरण सुरू गरेसँगै केही बसमासमेत यसको परीक्षण नियमित रुपमा गरिएको छ ।
पहिलो चरणमा पोखरा महानगरपालिकाभित्र चल्ने करिब आठ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको योजना छ ।
सञ्चालनका लागि पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा महानगर यातायात प्रालिका पदाधिकारीहरुको उपस्थितिमा यसअघि नै सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
के हो ई–टिकेटिङ ?
ई–टिकटिङ सवारी भाडा भुक्तानी गर्ने माध्यम हो । बसका सहचालकसँग एउटा डिभाइस हुन्छ । सहचालकसँग भएको त्यही डिभाइसमार्फत यात्रुहरुले टिकट पाउँछन् ।
यो प्रणाली सुरु भएपछि प्रत्येक यात्रुले विशेष प्रकारको यात्रा कार्ड पनि पाउनेछन् । व्यवसायीले दिएको त्यही कार्ड गाडीका सहचालकले डिभाइसमा ‘टच’ गराउनेछन् । त्यसपछि लागेको भाडा त्यही कार्डबाट बसको खातामा ट्रान्सफर हुन्छ । त्यो कार्डमा यात्रुले पहिल्यै पैसा जम्मा गरेको हुनुपर्छ ।
पहिलो चरणमा नगद नै लिएर सहचालकले ई–टिकट प्रदान गर्नेछन् । दोस्रो चरणदेखि यात्रुकार्ड उपलब्ध भइसकेकाहरुका लागि कार्ड टच गरेर भाडा भुक्तानी गरिनेछ ।
जीपीएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ । सो कार्डलाई १ सय रुपैयाँ पर्नेछ । कार्ड लिएबापत बैंकले त्यसमा १ सय रुपैयाँ बोनस दिनेछ । दोस्रो चरणमा चढेको ठाउँमा टच गर्ने र झर्दासमेत टच गर्दा आफूले यात्रा गरेको दूरीबमोजिम पैसा काटिनेछ ।
राजधानी काठमाडौंका केही यातायातमा यो सिस्टम लागू भइसकेको छ ।
यो सिस्टम जडान र नियमित रूपमा सञ्चालन गर्न कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्चबापत संकलन गरेको बुझिएको छ ।
सिस्टममा नजानेलाई कारबाही
ई–टिकेटिङ भदौबाट सुरु गरिएपछि यसको औपचारिक घोषणा असोजमा गर्ने योजना छ । सिस्टम जडान नगर्ने चालक र सहचालकलाई दण्ड जरिमाना गरिने पोखरा बस व्यवसायी समितिका महासचिव अमृत शर्माले जानकारी दिए ।
‘यस प्रणालीमा नजाने चालक र व्यवसायी दुवैलाई कारबाही हुन्छ,’ उनले भने । यसको अनुगमन गर्न अनुगमन समिति बनाउने तयारी भइरहेको महासचिव शर्माले बताए ।

pic shuvanews
Related