पुलमा ट्रक ठोक्किँदा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
/२९ श्रावण २०७६, बुधबार ०३:३५ , प्रकाशीत
नवलपरासीको अरुणखोला पुलमा ट्रक ठोक्किएपछि पुल भाँचिएको छ । मध्यविन्दु नगरपालिकाको अरुणखोला पुलमा बुधबार बिहान ४ बजे ट्रक ठोक्किँदा पुल भाँचिएको हो ।
ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएपछि पुल करिब दुई मिटर तल लच्किएको प्रहरीले जनाएको छ । अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएकाले बैकल्पिक बाटो अपनाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । उनले ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको बताए।
प्रहरीले पूर्वबाट आएका सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ ।

Related