• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रवीका समर्थक उग्र बनेको भन्दै चितवन प्रहरीद्धारा अश्रुग्याँस प्रहार

  •      /३१ श्रावण २०७६, शुक्रबार १६:०० ,  प्रकाशीत
  • कार्यक्रम सञ्चालक रवी लामिछानेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शन ‘उग्र’ बनेका कारण १० सेल अश्रुग्याँस प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए ।

    रवीका समर्थकहरु बिहान १० बजेदेखि दिनभर नाराबाजी गर्दै बसेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि नै नाराबाजी गरेपछि प्रहरीले पछिल्लो ढोकाबाट लामिछानेलाई अदालत लैजानु परेको थियो। जिल्ला प्रहरी कार्यालयबाट तीन सय मिटर पूर्वमा चितवन जिल्ला अदालत छ।

    शुक्रबार मध्यान्ह सरकारी वकिलको कार्यालय ढोकाबाट रवि लगायतलाई अदालत लगिएको थियो। सर्वसाधरणहरु प्रहरीको मुख्य गेट र अदालत गेट अगाडि भीड लागेका थिए। पछि उनीहरु सरकारी वकिलको कार्यालय अगाडि पनि थुप्रिए। अदालतमा पेस गरेपछि रवि लगायत तीनैजना आरोपीहरुलाई ५ दिन हिरासतमा राख्न म्याद दिइयो। चाढे ४ बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा फर्काइएको थियो।

    तर, साँझ छिप्पिदै जाँदा साढे ६ बजेतिर प्रहरी कार्यालय अगाडि उग्र भएको थियो। प्रहरी कार्यालयभित्रै ढुंगा हान्न थालेपछि अश्रु ग्याँस प्रहार गरेको एसपी मल्लको भनाइ छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.