काँग्रेस कम्युनिस्ट नाम र झण्डा बाहेक अरु कुरामा भिन्न छैन् ; बाबुराम
/३१ श्रावण २०७६, शुक्रबार १६:२० , प्रकाशीत
समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेस कम्युनिस्ट नाम र झण्डा बाहेक अरु कुरामा भिन्न नभएको भन्दै नयाँ विकल्प समाजवादी पार्टी हुने दाबी गरे। उनले आफ्नो पार्टी हात्तीछाप चप्पल नभई हात्ती नै भएको दाबी गरेका छन्। हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो भनेर सानो छँदा विज्ञापन सुन्ने गरेको किस्सा सुनाउँदै उनले समाजवादी पार्टी हात्ती भएर निस्किएको बताएका हुन्।
‘धेरै मान्छेहरुले यो पनि पुरानै जस्तै एउटा थप पार्टी हो भन्छन्। हल्लैहल्लामा दौडिन्छन् उनीहरु। हात्ती र हात्तीछाप चप्पल एउटै एउटै हो नानी भन्ने विज्ञापन हामी पढ्थ्यौं। र कहाँको हात्ति कहाँको हात्तिछाप चप्पल?,’ उनले भने, ‘समाजवादी पार्टी हात्तिछाप चप्पल होईन। वास्तवमा बलियो, नयाँ हात्ती हो। राजनीतिक रुपमा विकल्पको रुपमा अगाडी आउँदै गरेको पार्टीको सुरुवात हो।’
उनले सरकारका गतिविधिले नेपालको अन्तराष्ट्रिय स्तरमै बेइजत भएको बताएका छन्। पोखरामा समाजवादी पार्टीको प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुलाइ सपथ गराएपछि उनले पुरानो शक्तिबाट देश परिवर्तन असम्भव भएकोले त्यसको नेतृत्व आफूहरुले गर्ने दाबी गरे। पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पुराना शक्तिसँग नयाँ सोंच र कार्यशैैली नभएको भन्दैै अहिलेको आवश्यक्ता समाजवादी पार्टीले मात्रै पुरा गर्न सक्ने बताए।
उनले केही समयअघि नेकपाका अध्यक्षद्वयको विदेश भ्रमणप्रति कटाक्ष गरेका छन्। ‘एकजना सिंगापुर जानुभो। एकजना छुट्टी मनाउन दुबई जानुभो। त्यसले के बुझ््ने हो? अनि यस्ता मान्छेहरुले समृद्धी ल्याउँछन्?,’ उनले अघि भने, ‘आफ्नै देशमा अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन नसक्ने र सामान्य उपचारका लागि पनि विदेश जाने मान्छेसँग समृद्धीको आशा गर्न सकिँदैन।’

Related