• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटन मन्त्री भट्टराईद्धारा पोखराको बिकास र फेवाताल संरक्षणमा आवस्यक सहयोग गर्ने आसअश्वान

  •    शुभेच्छा न्यूज संवाददाता  /३२ श्रावण २०७६, शनिबार ०४:२५ ,  प्रकाशीत
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले फेवातालको संरक्षण, सम्बद्र्धन तथा विकासका निम्ति जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

    गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वयुवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउन नेपालमा रहेको पर्यटकीय स्थलहरुको व्यापक मात्रामा विकास, विस्तार तथा संरक्षण गर्नुपर्नेमा जोड दिए।

    उनले भ्रमण वर्ष २०२० नेपालका लागि आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विषयको तीव्र विकास र समृद्धिको बाटोमा अघि बढाउने मूख्य कार्य भएको भन्दै भ्रमण वर्षलाई सफल बनाउन मन्त्रालयले सातवटै प्रदेशसँग विस्तृत विवरण तथा योजनाहरुसमेत माग गरेको जानकारी गराए ।

    फेवातालको विकास र सम्बद्र्धन गर्न तीनवटै तहका सरकारको आ–आफ्नै जिम्मेवारी रहेको बताउँदै मन्त्री भट्टराईले केन्द्र सरकारले गर्नुपर्ने सिमाङ्कनलगायतका कार्यमा सम्बन्धित भूमि सुधार मन्त्रालयलाई तत्काल आग्रह गर्नेसमेत प्रतिबद्धता जनाए।

    भ्रमण वर्ष २०२० जनवरी १ तारिखका दिन एकै पटक देशैभर उद्घाटन हुने जानकारी गराउँदै उनले उक्त समयसम्ममा पर्यटकीय क्षेत्रमा रहेको सम्पूर्ण समस्याहरु तीनवटै तहका सरकारको विशेष पहलमा समाधान गरिसक्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय विकासको निम्ति पोखरामा रहेको हिमागृह रत्न मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गराउन विशेष पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

    फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसलालाई आत्मसात् गरी अघि बढ्नुको कुनै विकल्प नभएको बताउँदै ताललाई ६५ मिटरको कायम हुनुपर्नेमा जोड दिए । उनले देश विकासको निम्ति जनता, निजी तथा सरकारको सहकार्य अपरिहार्य रहेको बताउँदै पर्यटन विकासको निम्ति छलफल, नीति निर्दे्शिका, योजनालगायतका कुराहरु तत्काल बनाइ अघि बढ्नुपर्ने बताए ।

    पोखरा विमानस्थल देशकै गौरवको विषय रहेको बताउँदै मन्त्री भट्टराईले विमानस्थल निर्माण कार्य तीव्र गतिका साथ अघि बढेको बताए । उनले पोखरा विमानस्थल निर्धारित समयभन्दा अघि नै सम्पन्न हुने विश्वास दिलाए । उनले गुठी संस्थानले तालबाराही समिधा गुठीको जग्गा लिजमा व्यक्तिलाई दिन नहुने बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    सांसद पहारीले फेवातालको संरक्षण तथा विकासको निम्ति आवश्यक आर्थिक सहयोग गरिदिन आग्रह गरेका थिए । सांसद पहारीको आग्रको प्रतिउत्तरमा मन्त्री भट्टराईले मन्त्रालयको बजेटको अवस्था बुझी निर्णय दिने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनएका थिए ।

    नेता पहारीले फेवातालमा पर्यटकको आकर्षलाई वृद्धि गर्न उक्त स्थानमा ताल निर्माण गर्नुपर्नेमा जोड दिए । नेपाल ट्रष्टको मातहतमा रहेको हिमागृह रत्न मन्दिरलाई खुल्ला तथा पार्क निर्माण गरे कम्तीमा पनि एक दिन पर्यटकहरु घुम्न पाउने ठाउँको निर्माण हुने बताउँदै सांसद पहारीले फेवाताल, रत्न मन्दिरको वास्तविकता तथा आगामी दिनमा त्यसको आवश्यकता र महत्वको बारेमा जानकारी गराएका थिए ।

    टोलीमा भ्रमण वर्ष २०२० गण्डकी प्रदेश संयोजक अग्नी कँडेल, पोखरा महानगरपालिका वडा नं। ६ का वडाध्यक्ष जगत पहारी, सदस्य हरि पहारी, तालबाराही गुठी संस्थाका अध्यक्ष हिक्मतबहादुर कुँवर, कोषध्यक्ष प्रेमराज पहारी, सदस्य जुना अधिकारीलगायतको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.