• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट नक्कली सुनको मुर्ती बेच्ने तीन पक्राउ

  •      /१ भाद्र २०७६, आईतवार १०:३१ ,  प्रकाशीत
  • पोखरा । सर्वसाधारणलाई सुनको मुर्ती भन्दै झुक्काएर नक्कली मुर्ती बचेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

    सुनको मुर्ती भन्दै सुन जस्तै देखिने पहेलो मुर्ति देखाएर ठगी गरेको आरोपमा पक्राउ गरिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलनको आयोजनागरी सार्वजनिक गरेको हो ।

    पोखरा महानगरपालिका वडा नम्बर ८ बस्ने पाराश्वर विश्वकर्मालाई १३ लाखमा मुर्ति बेचेर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीमा प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

    बिश्वकर्माले मुर्ति खरिद गरेपछि नक्कली सुनभएको पत्तोपाए लगत्तै साउन १९ गते जिल्ला प्रहरी कार्यलयमा आफू ठगीएको भन्दै उजुरी गरेका थिए । उजुरी पछि प्रहरीले उनीहरुलाई साउन २७ मा पोखराको डिहिकोपाटनबाट पक्राउ गरेको थियो ।

    ठगी गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका १ घर भई हाल काठमाडौंको सिनामंगल बस्ने बर्ष ५२ का नवराज पाण्डे, (रामराज शिवाकोटी), गोरखा भिमसेन नगरपालिका १ घर भई हाल पोखरा न्युरोडमा बस्दै आएका ३३ वर्षिय (देव कुमार श्रेष्ठ) रमेश श्रेष्ठ र रामेछाप भगेरी गाउँपालिका ५ घर भै हाल काठमाडौं ६ बौद्ध बस्ने बर्ष ३६ का देवराज प्रधान (वसन्त बाबु श्रेष्ठ) लाई पक्राउ गरिएको छ ।

    प्रहरीले अभियुक्तको साथबाट सुन जस्तै देखिने पहेलो ६ किलो १ सय ग्राम तौलको बुद्धको मुर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन,सुन जस्तो देखिने पहेलो धुलो, २ भारतीय क्यासिनो कार्ड, राजदुताबास काठमाडौं लेखिएको कार्ड १ थान, भारतिय निर्वाचन आयोगको कार्ड १ थान र विभिन्न बैंकका चेकहरु समेत बरामद गरेको जनाएको छ ।

    मुर्तिमा सुन जस्तो देखिने धुलोको लेप लगाए पछि सुन जस्तै देखिने भएका कारण मुर्ति खरिद गर्नेहरु ठगिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । ‘ सुन जस्तो धुलो लगाइसकेपछि सुनको जस्तै रंग देखिने रहेछ,’ उनले भने, ‘सुन पसलमा गएर चेक गर्दा पनि केहीमात्रा सुन मिसाइएका कारण सुन नै देखिदो रहेछ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.