सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका पूर्वयुवराज पारस शाहमाथि छानबिन
/२ भाद्र २०७६, सोमबार १५:४१ , प्रकाशीत
पूर्वयुवराज पारस शाहले सुरक्षाकर्मीमाथि गरेको दुर्व्यवहारबारे प्रहरीले छानबिन थालेको छ ।पूर्वयुवराज पारसले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीमाथि सार्वजनिकस्थलमै हातपात गरेका थिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको बताए ।
पारससले आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएपछि मिडियामा समाचारहरु आएका थिए ।

Related