• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अवान्छित गतिविधि गर्नेलाई कानूनी कठघरामा उभ्याउँछौ महानिरीक्षक खनाल

  •      /३ भाद्र २०७६, मंगलवार ११:२० ,  प्रकाशीत
  • कास्की । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पोखरामा करिब २ करोड ७९ लाखको लागतमा निर्मित संघीय प्रहरी इकाइ कार्यालय भवनको उद्धाटन गरेका छन ।महानिरिक्षक खनालले मंगलवार २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा निर्मित १६ कोठे साढे २ तले भवनको उद्धाटन गरेका हुन् ।

    यस भवनमा संघिय प्रहरी कार्यालयको साइबर अपराध अनुसन्धान, लागुऔषध लगाएतका विभाग राखीने संघिय प्रहरी इकाई कार्यलय पोखराले जनाएको छ ।

    महानिरिक्षक खनालले पर्यटकीय क्षेत्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको बताएका छन् । नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवनको शिलान्यास गर्दै महानिरीक्षक खनालले पर्यटकको सेवा र सुविधालाई मध्यनज गर्दै रात्रीकालीन ब्यवसाय सञ्चालन गर्न चाहने ब्यवसायीको सुरक्षा गर्न प्रहरी सक्षम रहेको बताए ।

    ‘राति अबेरसम्म व्यवसाय गर्ने ब्यवसायी र पर्यटकको सुरक्षा दिन प्रहरी सक्षम छ,’ उनले भने । ‘व्यवसायीहरुले कुन व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा ख्याल गर्नु पर्छ ।’

    उनले अवान्छित गतिविधि गर्नेलाई तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए । चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन र रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न उनले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशन दिए । उनले व्यवसायीलाई पैसा कमाउने तर्फमात्र केन्द्रीत नभई मर्यादामा रहेर व्यवसाय गर्न सुझाव दिए ।

    यस्तै ३ करोड २५ लाख लागतमा निर्माण हुने संघीय प्रहरी कार्यालयको व्यारेक भवनको खनालले एक कार्यक्रमका बीच शिलान्यास गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.