पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरीमा उजुरी दिएकी छन् । उनले काठमाडौं प्रहरी परिसरमा तीन जनाविरूद्ध जाहेरी दिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले अनुसन्धान गरिरहेको शालिकराम आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै जनआस्था साप्तहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र भिडियो लिक गरेको अभियोगमा चितवनका एसपी दानबहादुर मल्लको नाममा जाहेरी दिएकी हुन् ।
सुवेदीका अनुसार उजुरीमाथि मुद्दा शाखामा छलफल भइरहेको छ । उजुरी अहिलेसम्म दर्ता गरिएको छैन । मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन आएको प्रहरीले जनाएको छ ।

Related