गुल्मीको रिडीमा सांस्कृतिक तुलादान महोत्सवको आयोजना हुने
/५ भाद्र २०७६, बिहीबार ०९:५१ , प्रकाशीत
कृष्ण अन्जान रिडी गुल्मी । हिन्दू घर्मालम्वीहरुको पवित्र एवं ऐतिहासिक रुरु क्षेत्रको रिडीमा यहि भाद्र २८ गते देखि आयोजना हुने ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं सांगितमय लिलामय ‘श्रीमद्भभागवत पितृमोक्ष विराट महायज्ञ २०७६’ को तयारी तिब्र पारिएको छ ।
महायज्ञ मुल आयोजक समितीका अनुसार सोह्रश्राद्धको अवसरमा पितृहरुको विधिवत श्राद्धका साथै एककाइस करोड दिप प्रज्वलन गरिने छ । त्यसैगरी एकाउन्न हजार तुलादान,५१ सय शान्ति कलश पुजन ,शालिग्राम परिक्रमा ,सुमधुर भजन किर्तन प्रवचन ,जेष्ठ नागरिक अशक्त सामाजिक अभियन्ता सम्मान लगायतका कार्यक्रम सञ्चाल हुने छन् ।
भाद्र २१ गते माटेरसाइकल र्याली ,२८ गते शोभा कलश यात्रा सोहि दिन हेलिकप्टरबाट पुष्प बृष्टि तथा दिउसो १ बजे महायज्ञको शुरुवात हुने छ । भाद्र २८ गतेदेखि आश्विन १७ गते सम्म रिडी बजारमा जारी रहने यो महायज्ञ को मुल उदेस्य रुरु क्षेत्रको महिमालाइ देश बिदेशमा पुर्याउँदै धार्मिक पर्यटनको विकास गर्नु बताइएको छ ।
रुरु क्षेत्रकै इतिहासमा सबैभन्दा ठुलो महायज्ञ यसक्षेत्रका लागि कुम्भ मेला भन्दा कमनहुने महायज्ञका मुल संरक्षक बाल योगेश्वर महाराजले बताए ।महायज्ञमा दानविरलाइ हेलिकप्टरबाट रुरु रेसुँगा रानिमहल रुद्रवेणिको अवलोकनको व्यवस्था समेत गरिएको छ ।
महायज्ञमा गरिने सबै पितृमोक्ष तथा अन्य अनुष्ठानका लागि २ हजार १ सय दस्तुर लाग्ने र दर्ता कार्य आरम्भ भइसकेको महायज्ञ सचिवालयले जनाएको छ ।
यस स्थान तानसेनबाट २९ किलोमिटर उत्तर पश्चिममा पबित्र कालिगण्डकीको तटमा रहेको छ ।
नेपालका मुक्तिक्षेत्र बराह क्षेत्र देवघाट क्षेत्र जस्तै रुरु क्षेत्र पवित्र धार्मी स्थल हो ।
कृष्ण अन्जान
रिडी गुल्मी । हिन्दू घर्मालम्वीहरुको पवित्र एवं ऐतिहासिक रुरु क्षेत्रको रिडीमा यहि भाद्र २८ गते देखि आयोजना हुने ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं सांगितमय लिलामय ‘श्रीमद्भभागवत पितृमोक्ष विराट महायज्ञ २०७६’ को तयारी तिब्र पारिएको छ ।

Related