कास्की दुइ कब्जा गर्ने रणनीतिमा काँग्रस,हाइकमाण्ड नै खटियो चुनावमा
/५ भाद्र २०७६, बिहीबार १४:५९ , प्रकाशीत
नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ को वडाहरूमा प्रतिनिधि खटाएको छ । उपनिर्वाचनलाई केन्द्रित गर्दै बिहीवारको बैठकले पार्टीलाई सशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
बैठकले पोखरा–१७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति आइबहादुर गुरुङ, पोखरा ११ मा सचिव सुदीपमोहन भट्टराई, पोखरा २१ मा सचिव देवेन्द्र रानाभाट, पोखरा ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे, पोखरा–७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोेकेको छ ।
यस्तै, पोखरा १५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, पोखरा–९ मा क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला ‘मधु, पोखरा १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, पोखरा–८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा–३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ ।
बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेबारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरा आयोजना गरेको प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतिमा भएको थियो ।

Related