मुख्यमन्त्री गुरुङ्गद्धारा पर्वतको खुर्कोट पहिरो घट्ना प्रति दुःख ब्यक्त
/५ भाद्र २०७६, बिहीबार १५:२७ , प्रकाशीत
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका एक जनाकोे मृत्यु भएको घटनप्रति दुःख ब्यक्त गरेका छन् ।
मुख्यमन्त्री गुरुङ्गले शोक बक्तब्य जारी गर्दै बुुधबार राती पहिरो जाँदा भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख ब्यक्त गरेका हुन् ।
गुरुङ्गले दिवंगत प्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् भने शोकसन्तप्त परिवारमा समबेदना पनि ब्यक्त गरेका छन् । साथै बर्षा याममा यस्तो प्राकृतिक बिपत्ती आउन सक्ने संभावनालाई मध्यनजर राख्दै आवश्यक पुर्ब तयारीमा जुट्न र सावधानी अपनाउन आग्रह पनि गरेका छन् ।
गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बगाउँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । मृतक चालिसेको शब ओछ्यानमा नै सुतेको अबस्थाा फेला परेको हो ।
यस अघि पहिरोले घर पुरेको खबर पाउना साथ प्रतिनिधीसभाका सदस्य पदम गिरी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल सहितको टोली पुगेर उद्दारका लागि पहल गरेको थियो ।

Related