कृष्ण अन्जान गुल्मी ।एउटा समय थियो । गाउँमा हुने सभा सम्मेलन भेला विकास निर्माणकालागि कटुवालको हाक हाल्थे र गाउँ जम्मा हुन्थे ।सामाजिक सञ्जाल र सञ्चारको विकास हुनुभन्दा पहिले जनसञ्चारको माध्यम कटुवाल प्रथा थियो । अब, कटुवाल प्रथा इतिहास भएको छ ।
करिव ६० बर्ष कटुवाल काम गरेका रुरु गाउँ पालिका वडा न ३ का ७७ वर्षका विर बहादुर परियारलाइ उनको योगदानको कदर गर्दै रुरु गाउँपालिका वडा न ३ ले सम्मान मात्र गरेन । उनको ६० वर्षे योगदानको चर्चा पनि गरिएको छ ।
अठार वर्षे उमेरदेखि कटुवाल काम गरेर जनसञ्चारका क्षेत्रमा काम गरेका विर बहादुरलाइ प्रदेश सभा साँसद कमल श्रेष्ठले गाउँ पालिका भवनमा दोसल्ला सहित ५ हजार नगदले सम्मान गर्दा विर बहादुर का आँखा रसाए ।
साँसद श्रेष्ठले सामाजिकरुपमा योगदान दिने व्यक्तित्वलाइ सम्मान गरेर वडाले सामाजिक उत्तरदायित्वको कामको शुरुवात गरेको बताए ।कटुवाल गरे बापत पहिला गाउँका विष्ट कहाँ मानो ऊठाएको सम्झे उनले ।
गाऊमा खानेपानीको ,विध्यालय वाटो घाटो सभा सम्मेलनका लागि पहिले दमाहा ठटाएर ध्यान केन्द्रीत गर्ने र अनि हाक हालेर सूचना प्रबाह गरेको करिव ६० बर्षको अनुभव सुनाउँदै उनले भने मैले दमाहा ठटाएपछि के सूचना आयो भनेर सवै गाउँलेले घरबाट निस्केर कान ठाडा पार्थे ,र भनेको समयमा गाउँले उपस्थित हुन्थे ।
विर वहादुरले २०७० साल सम्म गाउँबाट मानो उठाएर हाक हाल्ने काम गरे त्यसपछि वडावाट केहि पारिश्रमिकको व्यवस्था गरिएको वडा न ३ का सचिव बालकृष्ण गौतमले बताए ।
वडाले विर बहादुर लाइ मात्र होइन सामाजिक अभियन्ता ,समाजसेवामा योगदान पुर्याउने हरेक तह र तप्कालाइ सम्मान गर्ने सोँच राखेको वडा अध्यक्ष शेष नारायण पौडेलको भनाइ छ ।
‘वडाले गाउँको विकासमा योगदान पुर्याउनेलाइ क्रमाश सम्मान गर्दै जाने कार्यक्रम राखेको छ’ उनले भने ।‘ यो क्रमलाई वडाले निरन्तरता दिन्छ । योगदानका आधारमा मान सम्मान गर्छ ।’
कृष्ण अन्जान
गुल्मी । एउटा समय थियो । गाउँमा हुने सभा सम्मेलन भेला विकास निर्माणकालागि कटुवालको हाक हाल्थे र गाउँ जम्मा हुन्थे ।सामाजिक सञ्जाल र सञ्चारको विकास हुनुभन्दा पहिले जनसञ्चारको माध्यम कटुवाल प्रथा थियो । अब, कटुवाल प्रथा इतिहास भएको छ ।

Related