आज श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा भव्यताका साथ मनाइदै
/६ भाद्र २०७६, शुक्रबार ०६:२४ , प्रकाशीत
काठमाडौँ–वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व बिहीबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले बिहीबारको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले बिहीबारीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यसवर्षको श्रीकृष्ण जन्माष्टमी पर्व भोली पोखरामा भव्यताका साथ मनाईने भएको छ । विश्व हिन्दु महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मुल समारोह समितिका अनुसार भोली वैदाम स्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरिएको हो ।
उक्त प्रकाट्य उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एंव श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा.जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष श्री चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।
उत्सवमा भगवान श्रीकृष्णको रथारोहण सहित सत्गुरुदेवहरुको अभिनन्दन, भजनचुट्का प्रतियोगीता, झाँकी प्रदर्शन, उत्कृष्ट राधाकृष्ण प्रतियोगीता, रात्री समयमा भव्य कृष्णझुला र उत्कृष्ट सहभागी संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रमहरु गरिने विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खरालले जानकारी दिए।

Related