तिज शुरु भयो,बढ्दो पश्चिमा विकृति र शहरिया प्रभाबले रौनकता हरायो
/७ भाद्र २०७६, शनिबार ०४:५६ , प्रकाशीत
कृष्ण अन्जान गुल्मी । नेपाली महिलाहरुको महान पर्व तिजको माहौल शुरु भएको छ ।तर, गुल्मीको गाउँघरमा भने खासै तिजको रौनकता बढ्ेको छैन ।
श्री कृष्ण जन्माष्टमीलाइ सानो तिजको रुपमा लिइने भएपनि गाउँ घरबाट मान्छेहरु पलाएन भएपछि सानो तिजमा कुनै रौनकता देखिएन् ।न चेलीहरु माइत आए, न दर खाए, मात्र बुढा बा आमाले चेली आउने बाटो हेरेर दिन बिताए ।
जन्माष्टमीको अघिल्लो दिन सानो तिजको दर खाने र अर्को दिन डाँडामा तिजका गित गाएर रमाइलो गर्ने दिदी बहिनीहरु जम्मा हुने चलन भए पनि गाउँको डाँडोमा खासै चेली जम्मा नभएको र साँस्कृतिक पर्वमा ह्रास आएको लामो समयदेखि कला संस्कृतिमा रुची राख्ने युवा घनस्याम ज्ञवालीले बताउँ छन् ।
‘सानो तिजबाटै तिजको रौनक शुरु हुन्थ्यो गाउँमा चेलीहरु माइती आउँथे खाजा खान्थे मनका बह पोख्थे तिजमा गाउँघरका डाँडा डमक्कै रातै देखिन्थे अब ति दिन सम्झना मात्र भए’ स्थानिय पिताम्बर ज्ञवाली बिगत सम्झन्छन् ।
‘सानो तिज बाट शुरु हुने तिज बेदनाका पोका फुकाउने पर्व भएपनि अब तिजमा पुरानो रौनकता देखिन छाडेको छ’उनले भने ।घरमा बुहार्तनका पीडा, घरका दुसख सासुका दमन ,श्री मानका बानी बेहोरा ,सौता सौतीका जुहारी लाइ तिजका गितको रुपमा गाउने गितहरु कनै बेला सामाजिक मुक्ति ,सामाजिक न्याय ,महिला मुक्तिका लागि पनि गाउने गरिएका थिए ।
समय परिवर्तन हुँदै गर्दा तिजका गितहरु लाउने र खानेमा परिणत भए र फैसन प्रदर्शन गहना गुरिया महंगा पहिरनका गितहरु गाउन थालिए ।पछिल्लो समय रत्यौली र जिउँतीका जस्ता सामाजिक बिकृति फैलाउने खालका तिजका गितहरुले बजार तताउन थालेपछि परम्परावादी तिज ओझेलमा पर्न थालेको हो ।
गाउँघरबाट शहर तिर वसाइ सरेपछि तिज ओझेल पर्यो । न, पोलेका तामा न, करेलाको अचार न, घिउ हालेको खाजा न, दरको रुपमा राती उठेर खाने खिर सबै सम्झना मात्र भए ।
चेलीलाइ पनि शहरको सँस्कृतिले गाँज्यो महिनौदेखि खाने दरका परिकार होटल रेष्टुरेन्टहरुमा खाइने विकृत दरले गाउँमा आमाले पकाएका खाजा, पोलेका तामा र बोडिका अर्गानिक दर विर्सायो ।
यस वर्ष पनि तिजका डाँडाहरु सुन्य रहनेमा २ मत रहेन। यस वर्ष पनि बा, आमा चेली आउने आशामा तिजका खाजा र पोलेका तामाका तरकारी पकाएर बाटो हेर्ने छन र निरास बन्ने छन ।
कृष्ण अन्जान
गुल्मी । नेपाली महिलाहरुको महान पर्व तिजको माहौल शुरु भएको छ ।तर, गुल्मीको गाउँघरमा भने खासै तिजको रौनकता बढ्ेको छैन ।

Related