पोखरा । बाग्लुङमा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेताले प्रशासन समक्ष आत्म समर्पण गरेको छन्।ढोरपाटनको एनसेल टावर आक्रमण गरेको आरोपमा बाग्लुङ प्रहरीद्धारा पक्राउ गरिएका नेता हरी कँुबरले प्रशासन समक्ष आत्म समर्पण गरेका छन् । ]
एनसेल टावर आक्रमण गरेको आरोपमा तीन सातादेखि प्रहरी हिरासतमा रहेका कुँबरले बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, प्रहरी प्रमुख एसपी नबराज भट्ट, सशस्त्र प्रहरी बासुदेव पौडेल लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज र पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन्
कुवरले स्वतन्त्र नागरिकको हैसियतमा रहेर आफ्नो निजी ब्यवसायलाई अगाडी बढाउने भन्दै आत्म समर्पण गरेको बताए । ‘अब, म विप्लव नेतृत्वको नेकपाको कुनै जिम्मेवारीमा छैन्’ उनले भने।‘ विप्लव माओवादी परित्याग गरे । अब, कुनै पनि गतिविधिमा संलग्न हुने छैन ।’
ढोरपाटन नगरपालिका १ स्थायी घर भएका कुवरले बुर्तिबाङ बजारमा फार्मेसी व्यवसाय गर्दै आएका थिए।उनी विगतमा राष्ट्रिय जनमोर्चाबाट राजनीतिक यात्रा शुरु गरेर नेकपा माओवादी, वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव समूहमा आवद्ध भएका थिए।

Related