• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ६ करोड लगानीमा ‘स्पोर्टस् क्यासल’ सञ्चालन

  •      /१४ भाद्र २०७६, शनिबार १३:५५ ,  प्रकाशीत
  • पोखरा । पोखरामा युवा खेलाडीहरुको ६ करोडको लगानीमा स्पोर्टस क्यासल सञ्चालनमा आएको छ ।नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ सहितका युवा खेलाडीहरुको संयुक्त लगानीमा पोखराको गणेशटोलमा स्पोटर्स क्यासल संचालनमा आएको हो ।

    क्यासलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शनिबार उद्घाटन गरेका हुन्। खेलले मानिसलाई मनोरञ्जन दिने भएकाले मानसिक रूपमा पनि स्वस्थ्य रहन महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङले बताए । ‘आवश्यक कानुन बनाउने, निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउने काम सरकारको हो,’ उनले भने, ‘पोखरामा पूर्व खेलाडी लगायतको लगानीमा सञ्चालनमा ल्याइएको यस फुटसल अन्तर्राष्ट्रिय मापडण्ड अनुसारको रहेको छ।’

    मन्त्री गुरुङले प्रदेशको आर्थिक समृद्धिको लागि सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताए ।गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले समाजमा हुने विकृतिलाई निरुत्साहित पार्न यस्ता खेल गतिविधिमा लगानी गर्नु पर्नेमा जोड दिए ।

    सञ्चालक ईश्वर गुरुङले पोखरामा रहेका अन्य जिम, फुटसल तथा फिजिकल सेन्टरहरूको तुलनामा स्पोर्टस् क्यासल अन्तर्राष्ट्रिय मापडण्ड अनुसारको भएकाले खेलुकदको केन्द्र हुने बन्ने बताए। ‘हामीले पोखरालाई खेलकुद कै सिटी हो भन्ने चिनाउनकै लागि फुटसल सञ्चालनमा ल्याएका हौँ। ‘यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ’ सञ्चालक इश्वर गुरुङले भने।

    क्यासलमा पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङसँगै अनमोल पालिखे, विजया गुरुङ, राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङ, विशाल श्रेष्ठ, दीलिप कार्की, पवन गुरुङको संयुक्त लगानी रहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.