एक जना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको छ।टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा भएका घटनामा संदिग्ध मानिएका एक गोरा व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् । गोली काण्ड किन घटाइयो भन्ने पुष्टि भएको छैन ।
ओडेसा नगरका प्रहरीका अनुसार संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए। करिब ३० वर्षका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको ट्रक खोसेर नजिकैको मिडल्यान्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरेका थिए ।
उनी एउटा सिनेमाघर नजिकै प्रहरीको गोली लागेर मारिएका छन् । प्रहरी प्रवक्ताले सो घटनामा १६ जना घाइते भएको जानकारी दिएका छन् ।
ओडेसाको अस्पताल भर्ना गरिएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Related