म्याग्दीमा जीप दुर्घटना, घाईतेलाई थपउपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो
तपाईको प्रतिक्रिया





पोखरा । म्याग्दीमा जीप दुर्घट्नामा परी तीन जना गम्भिर घाइते भएका छन् । रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जीप दुर्घटनमा परि गम्भिर घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । जीप करिब ३ सय मिटर तल खसेको थियो ।
रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित तीन इन्जिनियर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक ओमबहादुर पुन र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारका लागि एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाडौं लगिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
दुर्घटनामा घाईते उनीहरुलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारको लागि काडमाण्डौंस्थित मेडिसिटी अस्पता रिफर गरिएको छ ।
घाईते सबै रघुगंगा जलविद्यूत आयोजनामा कार्यरत भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परि घाईते सिभिल इन्जीनियर विसन घिसिङको बेनी अस्पतालमै उपचार भैरहेको छ । उनलाई समेत थप उपचारको लागि काठमाण्डौ नै लैजाने तयारी गरिएको आयोजनाले जनाएको छ ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घाईतेहरुको स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीले उद्धार गरका थिए ।
Related