जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
१३ भदौ राति १७ वर्षीया किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय दिनेशराम पार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
यस्तै ११ भदौ राति १३ वर्षीया बालिकालाई डरत्रास देखाइ जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिका–४ कटालका २१ वर्षीय महेश दमाईलाई प्रहरीले १३ गते पक्राउ गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Related