पोखरा महानगर र कोरियाको ग्याङ्वोन प्रान्त बीच साझेदारी सम्झौता
/१९ भाद्र २०७६, बिहीबार १०:३३ , प्रकाशीत
पोखरा । पोखरा महानगरपालिका र दक्षिण कोरियाको ग्याङ्वोन प्रान्तको हरित टेक्नोलोजी केन्द्र बीच पोखरामा हरित गृह सम्बन्धित परियोजना सञ्चालन गर्नका लागि एक साझेदारी सम्झौता भएको छ ।
दक्षिण कोरियामा आयोजित बिश्व कार्वन फोरम सन २०१९का अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र ग्याङ्वोन प्रान्तका तर्फबाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ्गनाम सिनले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा पोखरा क्षेत्रमा हरियाली सहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाइ महत्व दिइएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्विकिय सचिव लक्ष्मिण तिमिल्सिनाले बताए ।
समझदारी पत्रमा पोखरालाई स्मार्ट बातावरण मैत्री पर्यटन, स्मार्ट सहरका प्रविधिको प्रयोग, इ मोबिलिटी ,बैज्ञानिक खोज, अध्ययन अनुसन्धान तथा पोखराको सस्थागत बिकासका लागी कार्य गर्ने उल्लेख छ ।
हरित टेक्नोलोजी केन्द्रले यस अघि भुटान ,युगान्डा लगायतका देशमा गरेका परियोजनाहरु सफल छन ।सम्झौता पछि तीन वटै पक्षबीच विश्वमा बढिरहेको कार्वन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन परियोजना अगाडी बढाउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
त्रीपक्षीय सम्झौता पछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले नेपालमा लगानी मैत्री बातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न प्रतिबद्ध रहेको बताए ।
यस परियोजना सफल भएपछि पोखराको यातायात गुरु योजना तयार भई कार्यान्वयनको चरणमा प्रबेश गर्ने छ ।

Related