• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सेतो पुतली आतंक : बेलैमा अस्पताल नपुगे आँखाको ज्योति गुम्न सक्ने

  •    नरहरि पौड्याल  /२१ भाद्र २०७६, शनिबार ०४:५४ ,  प्रकाशीत
  • दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा फैलिएको सेतो पुललीको संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाएका छन् । पोखरा केही दिनयता सेतो पुललीको संक्रमणबाट आँखा र एलर्जीको समस्या लिएर अस्पतालमा पुग्ने बिरामीकाे संख्या बढेपछि चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिएका हुन् ।

    चिकित्सकका अनुसार सेतो पुतलीको कारण आँखामा लाग्ने गम्भीर रोग देखा परेको छ । आँखाको समस्या लिएर आँखा अस्पताल पुग्ने अधिकांश बिरामीमा सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) काे असर देखिएको हिमालय आँखा अस्पताल पोखराका प्रमुख डा.इन्द्र महर्जनले बताए ।

    उनका अनुसार दुई वर्षअघि पोखरामा सेतो पुतलीका कारण दुई दर्जन बढी बिरामी उपचारका लागि अस्पतालमा पुगेका थिए । ‘सेतो पुतलीका कारण आँखामा लाग्ने सापु रोग यस्तो रोग हो, जसले समयमै अस्पताल नगए दृष्टि नै गुम्न सक्छ,’ उनले भने, ‘सेतो पुतलीको झुस आँखामा पसेको शंका लाग्ने बित्तिकै वा आँखामा कुनै असर देखापरेमा तुरुन्त आँखा अस्पतालमा जाँच गराउनु पर्छ ।’

    सेतो पुतली संक्रमण भएमा आँखा रातो हुने, दुख्ने र आँखा बन्दको बन्दै हुने समस्या देखा पर्दछ । यस्तो चिन्ह र लक्षण देखिएका तत्कालै आँखा अस्पताल गएर चिकित्सकलाई देखाउन उनले महर्जनले सुझाए ।

    सेतो पुतलीबाट संक्रमित बिरामीलाई समयमै (२४ घण्टा )भित्र उपचारका लागि आँखा अस्पताल पुर्याएको अवस्थामा उपचार सम्भव हुने डा.महर्जनले बताए ।

    यस वर्ष सेतो पुतलीको झुसको संक्रमणले आँखामा असर गरेका आधा दर्जन बढी बिरामी अस्पतालमा आएको डा. महर्जनले जानजकारी दिए । ५ वर्ष मुनिका बालबालिकामा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे ।

    सेतो पुतली संक्रमण भएको एक दिनभित्र उपचार गर्न आँखा अस्पतालमा पुगेकाहरुको शतप्रतिशत उपचार गर्न सकिने उनले बताए । ‘दुई दिनपछि गए ५० प्रतिशत आँखाको ज्योति गुम्ने जोखिम हन्छ,’ डा. महर्जनले भने, ‘तेस्रो दिन पछि जाँदा ९० प्रतिशत आँखाको ज्योति गुम्ने खतरा हुन्छ ।’

    सेतोपुतलीले आँखामा पुर्याएको असरको समयमै उपचार नभए आँखाको रेटिनासहितको भाग नै नष्ट हुने डा.महर्जनकाे भनाइ छ । हिमालयन आँखा अस्पतालले यस्तो अवस्थामा २४ सै घण्टा सेवा दिन थालेको डा.महर्जनले जनाए ।

    साढे चार दशकअघि पोखरामै पहिलो पटक भेटिएको थियो सेतो पुतली
    आजभन्दा करिब ४४ वर्षअघि पोखरामा सेतो पुतली भेटिएको दाबी चिकित्सकहरुले गरेका छन् । नेपालमै पहिलो पटक २०३२ मा याे रोग देखिएको थियो । त्यसबेला यस रोग डाक्टर मदनकुमार उपाध्यायले पत्ता लगाएका थिए। लामो अनुसन्धानपछि डाक्टर उपाध्यायले यस रोगलाई ‘सापु’ नाम दिएका थिए ।

    पोखरामा याे रोग फैलिएपछि आवश्यक अनुसन्धानका लगि बिहीबार काठमाडौंबाट डा.उपाध्याय नेतृत्वको टोली पोखरा आएको छ। हाल उनी काठमाडाैंकाे टिचिङ अस्पतालमा कार्यरत छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.