युवा पत्रकार रञ्जन अधिकारीलाई ‘मित्र मिलन युवा पत्रकारिता सम्मान’
/२१ भाद्र २०७६, शनिबार १०:३१ , प्रकाशीत
युवा पत्रकार रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारीलाई मित्र मिलन कृषि सहकारबी संस्थाले नगद २५ हजार सहित सम्मान गरेको हो ।
प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरे, संस्थाका कार्यवाहक अध्यक्ष रमण पौडेल लगायतले पत्रकार अधिकारीलाई सम्मान गरे ।
बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्यसमेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।
२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् । ५ वर्ष आदर्श समाज दैनिकका साथै गण्डक न्यूजडटकम, गोलनेपाल डटकम, कास्की आवाज दैनिकमाम समेत उनको कार्य अनुभव छ ।
पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।

Related