नेपाल यू–१९ एसिया कपको जारी प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकामा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशसँग ६ विकेटले हारेसँगै नेपाल बाहिरिएको हो ।
आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले हारेको थियो । दोस्रो खेलमा बंगलादेशसँग पनि हारेपछि नेपालको यात्रा टुंगिएको हो ।लगातार दुई खेलमा विजयी श्रीलंका यू–१९ र बंगलादेश यू–१९ सेमिफाइनल प्रवेश गरेका छन् ।
कोलम्बोस्थित पी सारा ओभल मैदानमा बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङमा आएको नेपालले निधारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनायो ।
नेपालका लागि ओपनर ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । ऋत ३२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका आसिफ शेख ३ रनमा पभेलियन फर्किए ।
पवनले कुशल मल्लसँग ३९ रनको, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका थिए ।उनी १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रन बनाएर आउट भए । यसैगरी, नेपालका लागि सन्दीप जोराले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
मोहम्मद अक्बर अली र मोहम्मद समिर हुसैनले १ सय २ बलमा अविजित १ सय ३० रनको साझेदारी गरेपछि बंगलादेशले ४ बल अगाडि लक्ष्य पूरा गर्यो । अली ९८ रनमा अविजित रहे । ८२ बल खेलेका उनले १४ चौका हाने । हुसैनले ४५ बलमा ४२ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।
मोहम्मद तावहिद हृदय ६० र महमदुल हसन रोय ४० रन बनाएर आउट भए । नेपालका कमलले २ तथा रशिद र हरिले १–१ विकेट लिए ।
अब नेपालले मंगलबार युएईसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

Related