• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिभिल बैंकद्धारा नेपालमै पहिलो पटक ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना

  •      /२२ भाद्र २०७६, आईतवार १४:३९ ,  प्रकाशीत
  • पोखरा । सभिल बैंक लिमिटेडले ‘एन्यूटी डिपोजिट’ निक्षेप योजना ल्याएको छ । सेवाग्राहीलाई लक्षित गर्दै बचत र मुद्धती खाताको समायोजन गरी बैकले एन्यूटी डिपोजिट योजना ल्याएको बैकका गण्डकी प्रदेश प्रमुख हरिकृष्ण अधिकारीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कर्यक्रममा जनाकारी दिए ।

    उनले सिभिल बैंकले नेपालमै पहिलो पल्ट यस्तो निक्षेप योजना ल्याएको दावी समेत गरे । एन्यूटी डिपोजिट निक्षेप योजना भनेको समान डिपोजिट निक्षेप योजना हो । बचतकर्ताले भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न यो योजना छनौट गर्न सक्ने बैंकको भनाई छ ।

    बैंकका अनुसार बचतकर्ताले निश्चित अवधी तोकेर किस्ता भुक्तानी गर्ने र सो अवधी पूरा भएपछि इच्छाइएको रकम एकमुष्ठ प्राप्त गर्ने निक्षेप योजना हो ।बैंकले हाल नेपालमा चलनचल्तीमा रहेका वचत खाता र मुद्दती खाताको सम्मिश्रण गरी नयाँ प्रकारको निक्षेप योजना आफ्ना सेवाग्राहीसामु ल्याएको अधिकारीले बताए ।

    ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना अन्तर्गत सेवाग्राहीले आफूलाई भविष्यमा आवश्यक पर्न सक्ने निश्चित रकमको व्यवस्थापन गर्न निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने छ ।

    तोकिएको निश्चित अवधि पूरा भएपछि उक्त वचत रकममा ब्याज सहितको लाभ जोडेर इच्छाइएको एकमुष्ट रकम प्राप्त गर्ने बैंकले जनाएको छ । व्यक्ति र संस्था दुबैले सञ्चालन गर्न मिल्ने यो योजनाका लागि एक हजारबाट नै बचत गर्न सकिने निक्षेप योजना भएको बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसीले बताए ।

    यस योजना १ वर्षदेखि ७ वर्षसम्मको अवधीको हुने उनले जानकारी दिए । थोरै थोरै रकम जम्मा गरी सन्ततीको भविष्यको योजना साकार पार्न सहयोगी हुने उनले बताए ।

    इच्छाएको खण्डमा ३ महिनापछि यो योजना बन्दसमेत गर्न सकिने बैकका प्रदेश प्रमुख हरिकृष्ण अधिकारीले बताए । बचतकर्ताले चाहेमा बचत रकमको ६० प्रतिशत रकम ऋण निकाल्न पनि पाइने उनले जानकारी दिए ।‘गण्डकी प्रदेशमा कारोबार उत्साहजन छ’ उनले भने । ‘ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न हामी सफल छौं।’

    सिभिल बैंकले देशभरका ९६ वटा शाखाहरुमार्फत सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.