• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा आएका नयाँ सिडिओसंग डेंगु रोक्न संजालको ध्यानाकर्षण

  •      /२३ भाद्र २०७६, सोमबार १३:५३ ,  प्रकाशीत
  • कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नागरिक स्तरमा भएका समस्यालाई सम्बोधन गर्नका लागी आफु तत्पर रहने बताएका छन् ।

    हालै सरुवा भई जिल्ला प्रशासन कार्यलय कास्की आइपुगेका केसीले शान्तिका लागी नागरिक समाजको संजालको टोलीसंगको भेटमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा छुट्टै टीम बनाएरै सुधारको प्रयास गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

    भेटमा शान्तिका लागी नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले डेंगु रोग नियन्त्रणमा प्रभावकारी बनाउन आग्रह गरेका छन् । ‘डेंगुका कारण सयौं मानिस बिरामी छन् नियन्त्रण प्रभावकारी देखिएन, अस्पतालमा समेत सरसफाइको प्रबन्ध मिलाउनु पर्ने देखियो,’ उनले भने ।

    बरालले दशैको बेलामा हुन सक्ने कालोबजारी र ढिला सुस्तीलाई अनुगमन गरि कारवाही गर्न माग गरेका थिए । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले महिला तथा बालबालिका माथी हिंसा बढ्दै गएको प्रति सचेत गराए ।

    ‘महिला र बालबालिका हिंसा बढ्दो छ ,अझ सडक बालबालिका व्यबस्थापन गर्नुपर्ने तत्कालको आवश्यकता देखिएको छ,’ उनले भने । जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतमले शिक्षा र यातायातका वेथिती सुधारका लागि ध्यानाकर्षण गराए ।

    बालगृह संजालका महासचिव विजय प्रधानले सराङकोट स्थित बालगृहलाई व्यबस्थित बनाउन आवश्यक पहलका लागी आग्रह गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.