पोखरामा डेंगुको संक्रमण बिक्राल बन्दै सांसदलाई समेत डेंगुको संक्रमण
/२३ भाद्र २०७६, सोमबार १५:४५ , प्रकाशीत
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगीको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।
दवाडीकी पत्नी कविताका अनुसार ज्वराे र अन्य लक्षण देखिएपछि उनलाई अस्पताल लगिएकाे थियाे । डेंगीकाे संक्रमण देखिएपछि उनी तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
दवाडी गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (क) बाट विजयी भएका सांसद हुन् ।अहिलेसम्म गण्डकी प्रदेशभर ८ सय ९६ जनामा डेंगु भेटिएको छ । प्रदेशअन्तर्गत कास्कीमा सबैभन्दा धेरै ७ सय १५ जना प्रभावित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको र ६१ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १(१ जना गरी ६ जनाको ज्यान गएको छ ।

Related