• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै निवेदन

  •      /२३ भाद्र २०७६, सोमबार १६:१३ ,  प्रकाशीत
  • सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गराएको छ।

    सोमबार पाटन उच्च अदालत, हेटौँडा इजलासमा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले बताए। मुद्दा बिहीबार पेसीमा चढ्ने भएको छ।

    जिल्ला अदालत चितवनले धरौटीमा छोड्ने निर्णय नमिलेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले निवेदन दिएको हो। रवि लामिछाने पनि केही दिन पहिले आफैं हेटौंडा इजलास पुगेका थिए। उनको मुद्दामा उच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।

    जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले रविलाई ५ लाख, कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो। उक्त आदेश बदर हुनु पर्ने माग गर्दै सरकारी पक्षले पनि निवेदन दिएको हो। निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ।

    यसअघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए।

    पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः ५ र ३ लाख रुपैयाँ धरौटी मागेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.