• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनाङको हुम्डे विमानस्थलमा ६ वर्षपछि पुग्यो विमान

  •      /२७ भाद्र २०७६, शुक्रबार १४:१७ ,  प्रकाशीत
  • हिमालपारीको जिल्ला मनाङको हुम्डे विमान स्थलमा छ बर्ष पछि जहाज पुगेको छ ।

    शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ यात्रु पोखरा विमानस्थलबाट लिएर समिट एयरको जहाज हुम्डे पुगेको हो ।

    गण्डकी प्रदेश सरकारको समन्वयमा समिट एयरले पहिलो उडान भरेको नागरिक उड्यन प्राधिकरण पोखरा शाखा प्रमुख भोला गुरागाईले जानकारी दिनुभयो । ५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि बर्षौ सम्म उडान हुन सकेको थिएन । त्यसअघि ट्विनअटर विमानले मात्रै उडान भर्दै आएको थियो ।

    सन् २०१४ सेप्टेम्बरमा जर्मनीमा निर्मित तारा एयरको डोर्नियर डो–२२८ एयरक्राफ्टले सफल परीक्षण उडान गरेको थियो । तर नियमित उडान भर्न सकेन । उक्त विमानस्थल समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ ।

    विसं २०३९ असोजबाट निगमले पोखरा–मनाङ–पोखरा उडान भर्न सुरु गरेको थियो । नियमति विमानस्थल सञ्चालनमा आए विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको उपस्थिति बढ्ने अनुमान गरिएको छ ।

    विमानस्थलमा अबतरणपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । आन्तरिक पर्यटक, कर्मचारी र जनप्रतिनिधिमात्रै आए पनि जहाज उडान नियमित हुने बताउदै उडान नियमित गराउन सुरुका दिनमा प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको बताउनुभयो ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नियमित उडानकालागि शुक्रबार परीक्षण गरिएको बताउदै अन्तराष्ट्रिय पर्यटन दिवसको दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको जानकारी दिदै हवाई उडानसँगै पर्यटनसँगको सहकार्यमा मनै छुने मनाङ प्याकेज पनि बनाउन लागिएको बताउनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.